अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सव सुरु

२०७० बैशाख १२ गते, बिहीबार


काठमाडौ, । सातौं नेपाल अन्तर्राष्ट्रिय आदिवासी फिल्म महोत्सव आज देखि काठमाडौमा सुरु हुँदैछ ।
आमसञ्चारमा आदिवासीको समान पहुँच र सहभागिताको नाराका साथ शुरु हुन लागेको महोत्सव चार दिनसम्म चल्नेछ । महोत्सवअन्तर्गत राष्ट्रिय सभागृह र नेपाल पर्यटन बोर्डको हलमा नेपाल सहित १७ देशका झण्डै ५० वटा लामारछोटा चलचित्र, वृतचित्र, एनिमेसन चलचित्र, प्रयोगात्मक चलचित्र, म्यूजिक भिडियो प्रदर्शन गरिने छ ।
नेपालबाट मगर, धिमाल, नेवार, गुरुङ, तामाङ, राई, लिम्बु, चेपाङ, थकाली, थारु समुदायका विभिन्न २३ वटा चलचित्र, बृत्तचित्र तथा म्यूजिक भिडियो प्रदर्शनीमा राखिएको आयोजले जनाएको छ।
महोत्सवमा समावेश भएका फिल्ममध्ये उत्कृष्ट तीन वटालाई र नेपाल प्यानोरमा अन्तर्गत उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिनेछ । महोत्सव हेर्नका लागि विद्यार्थीलाई १५ र अरुलाई ३० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु