सगरमाथामा पर्यटक बढ्दै
काठमाडौँ । गोरक्सेपका पासाङकाजी शर्ेपाको दिनचर्या दिनभर पर्यटकलाई होटलको मेनु डुलाउँदै र खाजा बनाउँदै ठिक्क हुन्छ । अपराहृन चार बजेभन्दा पछाडि गोरक्सेप पुगेका नेपालीलाई त के विदेशी पर्यटकलाई समेत बासको व्यवस्था मिलाउन हम्मेहम्मे पर्दछ । सगरमाथाको आधार शिविर नजिकै रहेको खुम्बु क्षेत्रको अन्तिम मानव बस्ती भएकाले पनि गोरक्सेपमा बस्नेबाहेक अन्य विकल्प छैन । गोरक्सेपमा भएका होटल जहाँ पनि खचाखच पर्यटकले भरिएको हुन्छ, होटलको डाइनिङ रुमको त कुरै नगरौँ । जुनै होटलका डाइनिङ रुममा बस्न त के टेक्नेसमेत ठाउँ पाइँदैन । गत वर्षो तुलनामा यो वर्षसगरमाथा हर्ेनै लागि आउने पर्यटकको संख्यामा वृद्धि भएको स्थानीय होटल व्यवसायी बताउँछन् । खैरेहरु म यत्ति पटक कालापत्थर र सगरमाथाको आधार शिविर पुगेँ भनेर नाम राख्न र अरु खैरेभन्दा धेरै पटक यहाँ आएको प्रमाणित गर्न पनि आउने गरेका छन्, स्थानीय होटल व्यवसायी लाक्पादिकी शर्ेपाले भने । जलवायु परिवर्तनको असरले हिमालय क्षेत्रलाई गाँजिरहेको बेला विश्वको अधिकांश देशका नागरिक सगरमाथा हर्ेनु र हिमालय क्षेत्रको वातावरण अध्ययन गर्न आउने पर्यटकको संख्या पनि वृद्धि हुँदै गएको स्थानीय बुद्धिजीवी पानुरु शर्ेपाले बताए । शर्ेपाका अनुसार विश्वको ध्यान तान्न तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारले मन्त्रिपरिषद्को बैठक नै बसालेपछि विदेशी पर्यटक त्यही बैठक बसेको ठाउँ हर्ेनकै लागि भए पनि यहाँ आउने गरेका छन् । जिल्लाको पर्यटकीय स्थल भनेर चिनिने खुम्बु क्षेत्रको वातावरणमा मात्र होइन त्यहाँका स्थानीय बासिन्दाको दिनचर्यामा पनि दिनप्रतिदिन बढिरहेको तापक्रमले असर पारिरहेको उनी बताउँछन् । झनै आकर्षाको केन्द्र भनेको त विश्वको सर्वोच्च शिखर सगरमाथामा हिउँ नहुनु हो । जुनै समय र मौसममा हेरे पनि सगरमाथाको शिखरमा हिउँ हुँदैन, मात्र कालो चट्टान मात्र देखिन्छ । त्यसैले गर्दा पनि अहिले आएर पर्यटकको संख्यामा वृद्धि भएको छ । विगत पाँच वर्षेखि सगरमाथामा हिउँ पग्लिँदै गई कालो चट्टान देखिँदै गएको २५ वर्षेखि सगरमाथाको आधार शिविर वरिपरि डुलिरहेको पासाङनुरु शर्ेपाले बताए । ‘उहिले २५ वर्षगाडि हेदा त सगरमाथाको आधार शिविर, कालापत्थर शिखर र गोरक्सेपमा बाहै्र महिना हिउँ भइरहन्थ्यो, अहिले त यहाँ दिउँसो घाम लाग्दा यही सगरमाथाको वेस क्याम्पमा पनि गर्मी हुन्छ’, शर्ेपाले भने । सगरमाथा क्षेत्रमा हिजोआज सगरमाथाको वेसक्याम्प वरिपरि पहिलेको भन्दा कस्तो परिवर्तन आएको छ भन्ने बुझन विदेशी पर्यटक आइरहेको स्थानीय होटल व्यवसायी बताउँछन् । दिनप्रतिदिन बढ्दै गएको तापक्रम र बदलिँदो मौसममा कारण पनि सगरमाथा आसपासका क्षेत्रमा पर्यटकको घुइँचो लाग्ने गरेको छ ।