अन्नपूण् पदयात्रामा पर्यटक बढे
काठमाडौँ । विश्वकै १० उत्कृष्ट पदयात्रा मार्गमध्ये एक अन्नपर्ण् पदयात्रा मार्गमा पदयात्राका लागि आउने पर्यटक संख्या बढदै गएको छ । पर्यटकीय सिजन सकिन लाग्दा पदयात्राका लागि आउने पर्यटकको संख्या बढेको हो । पर्वत र कास्कीको सिमानामा पर्ने नयाँपुलबाट सुरु हुने यो पदयात्रा मार्गमा गएको वर्षो तुलनामा विदेशी पर्यटकको संख्या १७ प्रतिशतले बढेको अन्नपर्ण्ाक्षेत्र संरक्षण आयोजनाले जनाएको छ । अन्नपर्ण् पदयात्रा मार्गमा यस वर्षसन् २०१३ को मार्चमा ६ हजार ११ जना पर्यटक आएका छन् भने गत वर्षो मार्चमहिनामा जम्मा चार हजार ५०० पर्यटकले यो क्षेत्रको भ्रमण गरेका थिए । गत फेब्रुअरी महिनामा तीन हजार ३५३ जना पर्यटकले भ्रमण गरेकोमा गत वर्षो सोही महिनामा दर्ुइ हजार ८७६ पर्यटकले भ्रमण गरेको टुरिष्ट चेकप्वाइन्ट बिरेठाँटीले जानकारी दिएको छ । पदयात्रा मार्गमा सडक बन्ने क्रम बढेपछि पर्यटकको संख्या घटेको हल्ला चले पनि तथ्याङ्कले भने त्यस्तो हल्लालाई गलत सावित गरेको छ । सन् २०१२ मा ४४ हजार ५३१ जना पर्यटकले बिरेठाँटी हुँदै अन्नपर्ण्पदयात्रा मार्गमा भ्रमण गरेका थिए भने सन् २०११ मा ३८ हजार ५४ पर्यटकले भ्रमण गरेका थिए । अघिल्लो वर्षो तुलनामा गएको वर्ष१७ प्रतिशतले पर्यटकको संख्या बढेको चेकप्वाइन्टका कर्मचारी तर्थराज ढुङ्गानाले बताए । पर्यटकको संख्या बर्सर् बढेको छ, उन्ले भने- र्’पर्यटकको संख्या घटेको होइन, बस्ने ठाउँ र घुम्ने दिन मात्रै छोटिएको हो’ नयाँ पुलबाट सुरु भएको पदयात्रा घान्द्रुक, छोमरुङ, अन्नपर्ण् बेसक्याम्प पुग्छ भने पर्यटक बिरेठाँटी हुँदै घोरेपानी, पुनहिल, तातोपानी र मुस्ताङ पनि पुग्ने गर्छन् । लमजुङको भुलभुलबाट मनाङ, उपल्लो मुस्ताङ हुँदै यो मार्ग भए पनि पर्यटक र्फकने गरेका छन् । पदयात्रा मार्गमा युरोपेली, अमेरिकी र चीनलगायतका एसियाली मुलुकका पर्यटक आउने गरेका छन् । पछिल्ला वर्षा सबैभन्दा बढी चिनियाँ पर्यटक आउने गरेका छन् भने दोस्रोमा कोरियाली पर्यटकको संख्या पर्छ । पदमार्गमा स्वदेशी पर्यटक पनि त्यत्तिकै मात्रामा आउने भए पनि सूचना केन्द्रले बाहृय मुलुकबाट आउने पर्यटकको मात्र सूचना राख्ने गरेको छ । घान्द्रुक, उपल्लो मुस्ताङ, पुनहिल, ग्रामीण बस्तीजस्ता पर्यटक लोभ्याउने स्थान भएकाले धेरै आन्तरिक पर्यटक समेत आउने गरेका छन् । हिमाल, शान्त र मनोरम बस्तीले गर्दा यो पदयात्रा मार्ग पर्यटकको पहिलो रोजाइमा पर्ने गरेको छ । तर अहिले पदयात्रा मार्गमा कच्ची सडक खनिएका कारण वैकल्पिक मार्गको खोजी गर्नुपर्ने भएको छ ।