राष्ट्रिय पर्यटन मेला आजदेखि

२०७० बैशाख २७ गते, शुक्रबार

काठमाडौं, आन्तरिक पर्यटन प्रवद्र्धनका लागि आजदेखि पाँचौं राष्ट्रिय पर्यटन मेला राजधानीमा सुरु हुँदैछ । नेपाल पर्यटन बोर्डले आयोजना गरेको मेलामा नेपालको पर्यटकीय गन्तव्यको पहिचान तथा आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ । बोर्डका वरिष्ठ प्रबन्धक लीलाबहादुर बानियाँका अनुसार मेलामा मुलुकभरका ५० जिल्लाका स्टल रहनेछन् ।
बोर्डले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा मेला अबधिभर ५० हजारले अवलोकन गर्ने अपेक्षा लिइएको जानकारी दियो । मेलामा होमस्टेलगायत आन्तरिक पर्यटन प्याकेज बिक्री गर्ने टुर अपरेटर तथा पर्यटनसँग सम्बन्धित विभिन्न संगठनहरू तथा गैरसरकारी संस्था र शैक्षिक संस्थाको सहभागिता रहनेछ । “पर्यटनद्वारा ग्रामीण क्षेत्रको जीवनस्तर बढाउन जनचेतना ल्याउने र पर्यटन क्षेत्रको बृहत् ज्ञान तथा जानकारी आदान–प्रदान गर्ने लक्ष्यका साथ मेलाको आयोजना गरिएको हो,” वरिष्ठ प्रबन्धक बानियाँले भने ।
सोमबारसम्म सञ्चालन हुने मेलाका आकर्षणका रूपमा मुलुकका विभिन्न भूभागमा सञ्चालनमा रहेका १३ वटा घरवास पर्यटन (होमस्टे), प्याकेज पर्यटन र नयाँ गन्तव्य स्थानको जानकारी गराइनेछ । मेलामा १९ वटा संघसंस्था, १२ वटा टुरप्याकेज बिक्री गर्ने संस्था, चारवटा पर्यटन शैक्षिक संस्था, मुसलमानी र नेवारी खाना स्टल तथा गज्जबको चियालगायतको सहभागिता रहनेछ । मेलामा संस्कृतिक नाच, झाँकीलगायत पर्यटन गन्तव्यका स्थालहरूको वृत्तचित्र देखाइने कार्यक्रम छ । मेलामा सहभागीहरूलाई बोर्डले निःशुल्क स्टल तथा आतेजाते खर्च बेहोरेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार