हिमाल आरोहणको रोयल्टी मिनाहा गर्ने तयारी
काठमाडौं । सगरमाथा हिरक जयन्तीको अवसर पारि सरकारले ओझेलमा परेका हिमाल आरोहण गर्नेहरुसँग रोयल्टी नलिने भएको छ । ओझेलमा परिरहेका हिमालहरुमा पर्यटक आकषिर्त गरेर पर्यटकीय गन्तव्यस्थल बनाउन सरकारले रोयल्टी मिनाहा गर्ने तयारी गरेको हो । रोयल्टी मिनाहा गर्ने प्रस्ताव पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले अर्थमन्त्रालयलाई पठाइसकेको सचिव सुशील घिमिरले बताए ।
शुक्रबारदेखि राजधानीमा सुरु भएको पाँचौ राष्ट्रिय पर्यटन मेलाको समुद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले अर्थमन्त्रालयले सकरात्मक जवाफ फर्काउनेमा विश्वस्त रहेको बताए । अर्थमन्त्रालयले सहमति दिएमा पर्यटन मन्त्रालयले मन्त्रीपरिषदबाट पारित गराई कार्यान्वयनमा ल्याउने उहाँको भनाई थियो । जबसम्म ओझेलमा परेका हिमाल आरोहण गर्न पर्यटक आकषिर्त हुँदैनन तबसम्म रोयल्टी नलिने सरकारको तयारी छ ।