४५ प्रजातिका चरा भित्रिए
काठमाडौँ । झण्डै ४५ प्रजातिका चरा प्रजनन क्रियाका लागि नेपाल भित्रिएका छन् । हिउँदमा उत्तरी क्षेत्रबाट जाडो छल्न आउने चरा फर्किएलगत्तै भूमध्यरेखा आसपासको क्षेत्रबाट नेपालमा चरा भित्रिएका हुन् । यो बेला झण्डै ४५ प्रजातीका चरा नेपाल आउने चराविद डा. हेमसागर बरालले बताए । प्रजनन क्रिया सजिलो हुने, आहाराको समस्या नहुने, आफूसँग प्रतिस्पर्धी चरा कम हुने र बासस्थान पनि सुरक्षित हुने भएकाले आउँदो असोज महिनासम्म यी चरा यतै बस्ने गर्छन् । यसरी आउनेमध्ये अन्तिम सयममा आउने जुरेकोइली प्रजातीको चरा पनि नेपाल आइपुगेको बरालले बताए । कोइलीका अरु प्रजातीले पनि अरु चराका गुँडमा फुल पारिसकेका छन् । कोइली प्रजातीको चराले अरुको गुँडमा फुल पार्ने गर्छ । भूमध्ये रेखा आसपासको क्षेत्रमा दिन र रात लगभग बराबर हुने भएकाले यो समयमा दिन लामो हुने उत्तरी क्षेत्रमा चराहरू बर्साई र्सर्ने गरेका छन् । हिउँदमा भने साइबेरियाबाट जाडो छल्नका लागि १ सय ५० प्रजातिका चराहरू नेपाल आउने गरेका छन् ।