सुविधा सम्पन्न होटलहरू थपिँदै

२०७० जेष्ठ ४ गते, शनिबार


काठमाडौँ । पूवाञ्चलको आवागमन तथा पर्यटनको केन्द्रका रूपमा रहेको इटहरीमा पछिल्लो समयमा पर्यटन प्रवर्द्धनका विभिन्न गतिविधि बढेसँगै होटलमा लगानी गर्नेहरूको संख्या हृवात्तै बढेको छ । दुइ वर्षघि झन्डै ३०० होटल रहेको इटहरीमा दुइ वर्षो अन्तरालमा होटलको संख्या बढेर ५०० बढी पुगेका छन् । सुविधा सम्पन्न होटलहरू सञ्चालनका लागि रु. ५० लाखदेखि रु. एक करोडसम्म लगानी गर्ने क्रम तीव्र भइरहेको बेला यसै वर्षेखि सञ्चालनमा आउने गरी इटहरीमा ओसियन पार्क एन्ड रिसोर्ट सञ्चालनमा आएको छ । दुइ बिघा नौ धुर जमिनको क्षेत्रमा निर्माण गरिएको ओसियन पार्क एन्ड रिसोर्टहरू ११ करोड लगानी भइसकेको सञ्चालक डम्बर तामाङले जानकारी दिएका छन् । उक्त होटलले स्थानीय इटहरीवासी र बाहृय मानिसलाई लक्षित गरेर रिसोर्ट क्षेत्रमा स्विमिङ पुल, वाटर साइड, फेमिली वाटर साइड, कृत्रिम समुद्री छाल र रिसोर्ट छुट्टै निर्माण गरिएको छ । दैनिक ५०० मानिस आवागमन क्षमताको रिसोर्टले आन्तरिक तथा बाहृय पर्यटकलाई सुविधा प्रदान गर्ने बताइएको छ । यसैगरी इटहरीकै केही व्यवसायीहरू मिलेर इटहरी-२ को कोसी राजमार्ग क्षेत्रमा झन्डै रु. ४० करोड लगानीमा गरिमा नाम रहेको तीन तारे होटलको निर्माण थालिएको छ । गोरखा डिपार्टमेन्टल स्टोरका सञ्चालक बलराम आचार्य व्यवसायी भीम पौडललगायतको लगानीमा निर्माण थालिएको गरिमा होटल एक वर्षभत्रमा सञ्चालन गरिसक्ने योजना रहेको बताइएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार