शिकारबाट ७३ लाख असुली
काठमाडौँ । आर्थिक वर्ष२०६९/७० मा ढोरपाटन शिकार आरक्षले शिकारीहरूबाट ७३ लाख २९ हजार राजस्व संकलन गरेको छ । पहिलो सिजनमा ६ वटा नाउर र ५ वटा झारलको शिकार गर्न कोटा निर्धारण गरिएकोमा ५ वटा नाउर र ३ वटा झारल मारिएको थियो । त्यस्तै दोस्रो सिजनमा १४ वटा नाउर र ४ वटा झारलको शिकारका लागि कोटा निर्धारण गरिएकोमा ११ वटा नाउर र ४ वटै झारल मारिएको थियो । शिकारीहरूले नाउर र झारलको शिकार गरेबापत असोज, कार्तिक र मंसिरसम्मको पहिलो सिजनमा २७ लाख १६ हजार र फाल्गुन, चैत र बैशाखसम्मको दोस्रो सिजनमा ४६ लाख १३ हजार राजस्व संकलन गरेको आरक्ष प्रमुख विश्वबाबु श्रेष्ठले जानकारी दिए । यसवर्षशिकार व्यवस्थापनका लागि छुट्याइएका ब्लकहरूमध्ये सुनदह, सेङ, घुस्तुङ, फागुने र बार्समा मात्र शिकारीहरूले शिकार गरेका छन् । सर्ुर्तिबाङ ब्लकमा नाउर नपाइने र झारलको संख्या पनि अत्यन्त न्यून रहेकाले यस ब्लकमा शिकार गर्न वन्यजन्तु विभागले रोक लगाएको थियो । यस शिकार आरक्षमा मौसमअनुसार बसेनि दर्ुइ सिजनमा नाउर र झारलको शिकार गर्नका लागि वन्यजन्तु विभागले स्वीकृति दिएको छ । यहाँ नाउर र झारलको शिकार गर्नका लागि रसिया, बेलायत, अमेरिका, डेनमार्क, स्पेन, हङ्गेरीलगायत देशबाट विदेशी शिकारीहरू आउने गरेका छन् । बागलुङ, म्याग्दी र रुकुम जिल्लामा फैलिएको यस शिकार आरक्षमा शिकारीहरूले रुकुमतर्फो ब्लकमा एक नाउरको शिकार गरेमा १ लाख ५० हजार, झारलको शिकार गरेमा १ लाख, बागलुङ र म्याग्दीतर्फो ब्लकमा शिकार गरेमा नाउरको १ लाख र झारलको ५० हजार रकम स्थानीयस्तरमै तिर्ने गरेका छन् । शिकार आरक्षबाट बर्सेे लाखौँ राजस्व संकलन हुने गरे पनि हालसम्म आरक्षले कुनै पनि रकम पाएको छैन । संकलन गरेको राजस्व ५० प्रतिशत स्थानीयस्तरमै लगानीका लागि आरक्षले पाउने प्रावधान रहे पनि मध्यवर्ती क्षेत्र घोषणा नभएका कारण रकम नआएको आरक्षले जनाएको छ । यस शिकार आरक्षलाई हाल आएर मध्यवर्ती क्षेत्र घोषणाका लागि तयारी भइरहेको छ ।