सर्वोच्च शिखरमा आरोहीको भिड

२०७० जेष्ठ ६ गते, सोमबार


काठमाडौं, – पर्यटन उद्योग महाशाखा, पर्वतारोहण शाखाका अनुसार शनिबार २९ विदेशीसँगै ६४ ले सगरमाथा चढेका थिए भने आइतबार एकैदिन १ सय ३५ जनाले सर्वोच्च शिखर सगरमाथा चढेका छन् । नायक अर्जुन कार्कीले पनि आइतबार चुचुरो टेकेका छन् । कार्कीसँगै आइतबार सर्वोच्च शिखर टेक्ने नेपालीको संख्या ७६ छ । आज आरोहण गरेका कुल आरोहीसमेत यो मौसममा हालसम्म सगरमाथा चढ्नेहरू २ सय ४८ पुगेको शाखाका तिलक पाण्डेले बताए । यसपालि आरोहणको सुरुवात मे १० (वैशाख २९) देखि भएको हो । यो क्रम मौसम सफा रहे मे २५ सम्म सकिने उनले बताए । यसपालिको आरोहणमा दुइटै हात नभएका सुदर्शन गौचन आइतबार आरोहणका लागि हिँडेका छन् । त्यस्तै नायिका निशा अधिकारी सोमबार आरोहणका लागि उकालो लाग्ने छिन् । नायक कार्की र नायिका अधिकारीले अनुमतिबिना नै सगरमाथा चढ्न हिँडेको समाचार सार्वजनिक भएपछि विवाद बढेको थियो । कार्की सहयोगीकै रूपमा चढिसकेका छन् भने अधिकारी पनि यसै हैसियतमा चढ्ने छिन् ।यो मौसममा मेक्सिकोका ३३ वर्षीय डेभिड लाइनो गोन्जालेज एउटै सिजनमा दुई पटक सगरमाथा चढ्ने पहिलो व्यक्ति बनेका छन् । उनले एकपटक उत्तर एकपटक दक्षिणट्टबिाट सगरमाथा चढेको एसियन ट्रेकिङका आङछिरिङ शेर्पाले बताए ।
पहिलो आरोहण गोन्जालेजले दक्षिणबाट मे ११ मा र दोस्रो उत्तरबाट आइतबार (मे १९) पूरा गरेका हुन् । त्यस्तै आइतबार सोलुखुम्बुका निमा नामग्याल शेर्पाले सगरमाथा चढेका छन् । आङछिरिङका अनुसार उनी सगरमाथा चढ्ने पहिलो नेपाली चिकित्सक हुन् । पहिलोपल्ट सर एडमन्ड हिलारी र तेन्जिङ नेार्गे शेर्पाले सगरमाथा चढेपछि व्यावसायिक रूपमा सुरु भएको पर्वतारोहणलाई सम्झेर यसपालि सर्वोच्च शिखर पहिलो आरोहणको ६० औं वाषिर्कोत्सवको अवसर पारेर बनाइएको टोलीमा डेभिड र निमा सदस्य थिए ।
यसपालि सबैभन्दा बढी उमेरमा सगरमाथा चढ्ने दौडमा रहेका ८१ वर्षीय मीनबहादुर शेरचन र ८० वर्षीय जापानी यु चिरो मिउरा भने २/३ दिनमा माथि उक्लिने महाशाखाले जनाएको छ । मिउराले यसअघि सन् २००३ र २००८ मा सगरमाथा चढिसकेका छन् । यसअघि २०११ मा शैलेन्द्रकुमार उपाध्यायले ८२ वर्षको उमेरमा सगरमाथा चढेर कीर्तिमान बनाउन हिँडे पनि उनको मृत्यु भएको थियो । क्याम १ बाट सगरमाथा आधार शिविर र्फकने क्रममा उनको स्वास्थ्य बिगि्रएर मृत्यु भएको हो । अहिलेसम्म बढी उमेरमा सर्वोच्च शिखर चढ्ने व्यक्तिको उपाधि शेरचनको नाममा छ । सन् २००८ मा शेरचनले ७६ वर्षको उमेरमा सगरमाथा चढेका थिए । यसपालि सगरमाथामा ५ जनाको मृत्यु भएको छ । वैशाख ७ गतेसम्म ४ जनाको मृत्यु भएको थियो । त्यस्तै मे १६ मा १० पटक सगरमाथा चढिसकेका आरोही नामग्याल शेर्पाको तिब्बततर्फ क्याम्प ३ नजिकै मृत्यु भयो । महाशाखाले यसपालि नेपाली र विदेशी गरी ३ सय ४० जनालाई आरोहण अनुमति दिएको छ । जसमध्ये आरोहीका रूपमा जाने नेपालीको संख्या मात्र १३ छ । गत वर्ष ३ सय ३५ विदेशले आरोहण अनुमति पाएका थिए । उनीहरूसँग जाने सहयोगीसमेत गर्दा अहिले झन्डै साढे ६ सयको भिड सगरमाथा क्षेत्रमा छ । गत वर्ष ३ सय ३५ विदेशीले आरोहण अनुमति पाएका थिए ।


प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु