पर्यटन दूतमा पाण्डे
नेपाल पर्यटन बोर्डले संयुक्त राज्य अमेरिकाको सानफ्रान्सिस्को क्षेत्रका लागि अनिल पाण्डेलाई सार्वजनिक सम्पर्क प्रतिनिधिको रुपमा अवैतनिक पर्यटन दूत नियुक्त गरेको छ। मे १५, २०१३ देखि दुई बर्षका लागि बोर्डले पाण्डेलाई नियुक्त गरेको हो। सो नियुक्तीसंगै बोर्डले आफ्नो समग्र उद्देश्य प्राप्तिमा अभिरुचीकासाथ कार्य गर्दै अमेरिकाको सानफ्रान्सिस्को क्षेत्रमा नेपाललाई मुख्य गन्तब्यको रुपमा प्रवद्र्धन गराउने विश्वास लिएको उल्लेख गरेको छ।पर्यटन दूतमा नियुक्त पाण्डेलाई बोर्डले नेपाल दुतावास, टुर अपरेटर, मिडिया तथा कुटनैतिक नियोगहरुको सम्पर्कमा रही लेटरहेड र भिजिटिङ्ग कार्डमा आफ्नो आधिकारिक लोगो प्रयोग गर्न, बोर्डका प्रवद्र्धनात्मक सामाग्रीहरु प्राप्त गरि प्रचारप्रसार गर्न पाउने उल्लेख गरेको छ। दुई दशकभन्दा वढी समय यसै क्षेत्रमा बसोबास गर्दै आएका पाण्डे मदरल्यान्ड नेपाल नामक गैरसरकारी संस्थाका संस्थापक अध्यक्ष समेत हुन्। उनी सोही संस्था मार्फत पर्यटन सम्बन्धी विविध गतिविधि सञ्चालन गर्दै समाजसेवामा समेत संलग्न छन्।