यूएईका राजकुमार सगरमाथा शिखरमा

२०७० जेष्ठ ८ गते, बुधबार

काठमाडौं, – संयुक्त अरब इमिरेट्सका राजकुमार शेख मोहम्मद अब्दुल्लाह मोहदल थानीले सगरमाथाको सफल आरोहण गरेका छन् । उनि आज विहान ९ बजेर ५९ मिनेटमा सगरमाथाको चुचुरोमा पाइला टेक्न सफल भएका हुन् । राजकुमार शेखसँगै गएका ६ जनाले पनि सगरमाथा शिखरमा पाइला टेकेको उनको आरोहण व्यवस्थापन मिलाउने ट्रेकिङ एजेन्सीले जनाएको छ । ३१ वर्षीय राजकुमार थानीले आफ्नो राजकीय पहिचान लुकाउँदै नेपालमा सर्वसाधारणलाई शिक्षाको अधिकारका पक्षमा जागृति र धन संकलन गर्ने उद्धेश्यसहित सगरमाथा आरोहण गरेका हुन् । शारजहाँको गल्फ तथा सुटिङ क्लबका प्रबन्ध निर्देशकसमेत रहेका राजकुमार थानीको पर्वतारोहणमा निकै सौख छ । यसअघि उनी अमेरिकाको एन्डिज पर्वत श्रृंखलाको अकानगग (६९६२ मिटर) मा चढिसकेका छन् भने यसअघि नै सगरमाथा आधार शिविरमा अभ्यास गरिसकेका छन्

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार