सगरमाथा हिरक महोत्सव मनाईने

२०७० जेष्ठ ८ गते, बुधबार


काठमाडौं, विश्वको सर्वोच्च शिखर सगरमाथामा मानव पाइला टेकेको ६० वर्ष पुगेको अवसरमा विशेष कार्यक्रमका साथ हिरक महोत्सव मनाउने घोषणा गरकेो पर्यटन मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले बताएका छन । हिरक महोत्सव १२ देखि १५ जेठसम्म हिरक महोत्सव मनाउने भएको हो । सरकारले विश्वमाझ सगरमाथा र विश्व बजारमा पर्वतीय पर्यटनबारे जानकारी दिने उद्धेश्यले हिरक महोत्सव मनाउने घोषणा गरेको हो । राजधानीको पर्यटन बोर्डमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महोत्सव मूल आयोजक समितिका संयोजक तथा पर्यटन मन्त्रालयका प्रवक्ता पूर्णचन्द्र भट्टराईले महोत्सवको पहिलो दिन सगरमाथाको आधार शिविर खुम्जुङमा सम्मेलन आयोजना गर्ने, सो सम्मेलनमा पर्वतारोहण तथा जलवायु परिर्वतनले हिमालमा परेको असरबारे छलफल हुने बताए । उनले महोत्सवका क्रममा सगरमाथा आरोहणका क्रममा विभिन्न कीर्तिमान कायम गर्ने आरोहीलाई नागरिक अभिनन्दन गर्ने, उनीहरुलाई हिरक जयन्ती पदक समेत प्रदान गरिने बताए । महोत्सवका अवसरमा पर्यटन सम्बद्ध संघ संस्थाले हेरिटेज म्याराथन, पर्यटन क्षेत्रमा आवद्ध व्यक्तित्वलाई सम्मानलगायत कार्यक्रम आयोजना गर्ने पनि बताए । २९ मे १९५३ मा नेपालका तेन्जिङ नार्गे शेर्पा र न्युजिल्याण्डका एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको सफल आरोहण गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार