चितवनमा १५ प्रजातिका चरा थपिए

२०७० जेष्ठ १३ गते, सोमबार

काठमाडौँ । चितवनको पहाडी -महाभारत) क्षेत्रमा १५ प्रजातिका नयाँ चरा थपिएका छन् । बर्डएजुकेसन सोसाइटी र पक्षीविद् संघले १० दिन लगाएर संयुक्तरुपमा गरिएको अनुगमनमा नयाँ प्रजातिका चरा फेला परेको हो । अनुगमनपछि सोसाइटीले र्सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ वर्षघि गरिएको गणनामा महाभारत क्षेत्रमा कुल २३७ प्रजातिका चरा फेला परेकामा अहिले बढेर २५२ प्रजाति पुगेको अनुगमनमा सहभागी पक्षीविद् संघका मध्यमाञ्चल संयोजक वासु बिँडारीले जानकारी दिए ।दुइ प्रजातिका नयाँ चरा निल गगन र निलो पङखेे तोरी गाँडा पनि भेटिएको उहाँले बताउनुभयो । गएको महिना यहाँ थप एक नयाँ प्रजाति फेला परेको थियो । यो सँगै चितवनमा चराको प्रजाति कुल ५७१ पुगेको छ । नेपालमा १५९ प्रजातिका चरा सङ्कटापन्नको सूचीमा परेका छन् । नेपालमा ८७१ प्रजातिका चरा रहेका छन् । महाभारत क्षेत्रमा पाइने चराको अवस्था र तीनको वासस्थानमा परेको असरका बारेको अघिल्लो शुक्रबारदेखि यहाँ अनुगमन गरिएको बिँडारीको भनाइ छ । अनुगमनमा चितवनका १५ जना चराविज्ञ सहभागी गराएको थियो । पूर्वी चितवनको शक्तिखोरबाट काउले, उपदराङगढी, चिसापानीटार, सिराइचुली, जानदालामा र निकुञ्जको चुरे क्षेत्रमा अनुगमन भएको थियो । चितवनको सिमसार क्षेत्र र निकुञ्जमा बर्सेनि चरा अनुगमन हुने भए पनि पहाडी क्षेत्रमा भने हुन सकेको थिएन । अहिले चरा बसाइ सरेर आउने तथा बच्चा कोरल्ने अवस्था भएकाले अनुगमन प्रभावकारी भएको चरा विज्ञ बिँडारीले बताए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार