सगरमाथाबाट हाम फालेर कीर्तिमान

२०७० जेष्ठ १७ गते, शुक्रबार

काठमाडौं,– एक रुसी नागरिकले विश्वको सर्वोच्च शिखर सगरमाथाबाट हाम्लेर विश्व कीर्तिमान कायम गरेका छन् । रुसका चर्चित खेलाडी भ्यालेरी रोजोभले सगरमाथाको उत्तरी भागबाट सफलतापूर्वक फाल हानेर विश्व कीर्तिमान कायम गरेका हुन् । ४८ वर्षीय रोजोभ विशेष प्रकारको विङसुटको सहायताले सगरमाथाबाट हामफालेर सिधै आधार शिविरमा झरेका हुन् । उनले यसका लागि दुई वर्षदेखि तयारी गरिरहेका थिए । सगरमाथाको हिरक महोत्सवको दिन पारेर उनी चुचुरोका उत्तरी क्षेत्रबाट हाम्फालेको बताइएको छ ।चार जना नेपाली शेर्पाको सहयोगमा सगरमाथाको चुचुरोबाट फाल हालेको भिडियो उनकै टोलीमा रहेका शेर्पाहरुले सार्वजनिक गरेका छन् । सगरमाथाको हिरक महोत्सवको दिन पारेर उनी चुचुरोका उत्तरी क्षेत्रबाट हाम्फालेको बताइएको छ ।उनी चार दिनको समय लगाएर सगरमाथा चढेका थिए । हाम फाल्ने क्रममा लेक लाग्ने डर लागेतापनि आखिरमा सफलता पाएकोमा उनले खुशी व्यक्त गरेका छन् ।

यसैबीच, विश्वको सर्वोच्च शिखर सगरमाथाको चट्टान मध्यपूर्वको इजरायलमा रहेको विश्वको सबैभन्दा होचो भुभाग मृत सागर (डेड सी)को किनारमा रहेको निर्माणाधिन इकोलोजिकल पार्कमा स्मारिका स्थापना गरिएको छ ।मई ३० बिहिवार आयोजित कार्यक्रममा इजरायलका लागि नेपाली राजदूत प्रल्हादकुमार प्रसाई, इजरायल सरकारका तर्फबाट पर्यटन मन्त्री उजी मान्डावो र इजरायलको दक्षिणी भुभाग मृतसागर क्षेत्रका मेयर डभ लिटभिनोफ द्वारा संयुक्त रुपमा स्मारिकाको अनाबरण गरिएको थियो ।
कार्यक्रममा अन्य बिशिष्ट ब्यक्तिहरूमा इजरायलस्थित विदेश मंत्रालयका दक्षिण एसियाली विभागिय प्रमुख खाईम खोसेम, सगरमाथा आरोही इजरायली नागरिक नादओ वेन एहुदा लगायत उल्लेख्य इजरायली नागरिकहरू, नेपाली राजदुतावासका कर्मचारीहरू साथै इजरायलमा रहेका नेपालीहरूको समेत उपस्थिती रहेको थियो ।
कार्यक्रममा इजरायलका लागि नेपाली राजदुत प्रसाई, इजरायल सरकारका तर्फबाट पर्यटन मन्त्री उजी मान्डावो र इजरायलको दक्षिणी भुभाग मृत सागर क्षेत्रका मेयर डभ लिटभिनोफ लगायतका ब्यक्तीहरूले आ-आफ्नो मन्तब्य संगै शुभकामना ब्यक्त गरेका थिए ।
नेपाल र इजरायलबीचको दौत्य सम्बन्ध एवं पर्यटन प्रबर्द्धनसम्वन्धी क्रियाकलापहरुलाई थप विस्तार गर्न विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा इजरायलले मृत सागरको चट्टान लगेर स्मारक निर्माण गरिसकेको छ । संसारको सबैभन्दा अग्लो भू–भाग सोलुखुम्बुको नाम्चे मेन्डोल्फुस्थित सगरमाथा राष्ट्रिय निकुन्जको मुख्य कार्यालयबाट करिब १ सय मिटर पूर्वतर्फ सर्वोच्च शिखर सगरमाथा हिमालको दृश्यावलोकन गर्न सकिने गरी इजरायलले स्मारक निर्माण गरेको छ ।
समुद्री सतहदेखि ८ हजार ८ सय ४८ मिटर अग्लो सगरमाथा र समुद्री सतहदेखि करिव ४२२ मिटर गहिराईमा रहेको मृत सागर, यी क्षेत्रहरुमा स्मारक निर्माण भइसकेपछि ती क्षेत्रहरुमा पुग्ने लाखौं पर्यटकहरुले दुवै असाधारण भू-भागहरुको चट्टानद्वारा निर्मित स्मारिकाको अवलोकन गर्ने र यसले दुवै देशको पर्यटन प्रबर्द्धनमा उल्लेख्य टेवा पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार