साढे ६ हजार आरोहीद्वारा सगरमाथा आरोहण

२०७० जेष्ठ १८ गते, शनिबार


काठमाडौँ । विश्वकै अग्लो हिमाल सगरमाथामा विभिन्न मुलुकका आरोहीहरूले पटक-पटक गरी झन्डै साढे ६ हजार पटक आरोहण गरेका छन् । ६ दशक अगाडिबाट सुरु भएको सगरमाथा आरोहण गर्ने र कर्ीर्तिमान राख्ने होडमा हालसम्म ६ हजार ३ सयभन्दा बढी पटक सफलता प्राप्त भएको छ । सन् १९५३ देखि सन् २०१२ सम्ममा ५ हजार ६ सय ४४ पटक सगरमाथा आरोहण पुगेको थियो । यस वर्षो पहिलो सिजन सकिनै लाग्दा थप ६ सय ७० आरोहीले आरोहण गरेका छन् । हालसम्म सगरमाथामा ६ हजार ३ सय १४ पटक आरोहण गरिएको छ । ‘सगरमाथामा पटक-पटक गरी ६ हजारभन्दा बढी पटक आरोहीहरूले आरोहण सम्पन्न गरेका छन्,’ विश्व पर्वतारोहण महासंघका मानार्थ सदस्य तथा एसियन टे्रेकिङ कम्पनीका अध्यक्ष आङछिरिङ शर्ेपाले भने । यस वर्ष६ सय ७० भन्दा बढीले सगरमाथा आरोहण गरेका छन् । पछिल्ला वर्षरू वसन्त र शरत ऋतुमा गरी तिब्बती र नेपाली मोहोडाबाट वाषिर्क १ हजारभन्दा बढीले सगरमाथा आरोहण गर्दै आएका छन् । आरोहण गर्ने व्यक्ति भने हालसम्म ४ हजार १ सय आरोहीले मात्र सगरमाथा आरोहण गरेका छन् । आरोहण सुरु भएदेखि हालसम्म २ सय १६ आरोहीले ज्यान गुमाइसकेका छन् । विश्वभर नेपाललाई चिनाउने सगरमाथा जोगाउन सरकार र सम्बन्धित क्षेत्र लाग्नर्ुपर्ने शर्ेपाको ठम्याइ छ । जलवायु परिर्वतनको मुख्य असर हिमाली क्षेत्रमा पर्दै गएकाले बेलैमा सबै पक्षले सोच्नुपर्ने उनको भनाइ छ । सन् १९५३ मे २९ गते का दिन तेन्जिङ नोर्गे शर्ेपा र सर एडमण्ड हिलारीले ८ हजार ८ सय ४८ मिटरको उचाइमा रहेको सगरमाथाको आरोहण गरेपछि पछिल्लो समय सगरमाथा आरोहण गर्ने र कर्ीर्तिमानी तोड्नलाई होडनै सुरु भयो । सन् १९५३ देखि हालसम्म एउटै आरोही आप्पा शर्ेपाले २१ पटकसम्म आरोहण गरेर विश्व कीर्तिमान राखेका छन् । त्यस्तैगरी अन्यले पनि एउटै आरोहीले पटक-पटक आरोहण विभिन्न कर्ीर्तिमान राखिसकेका छन् । सगरमाथा आरोहणमा सबैभन्दा बुढो उमेर, सबैभन्दा सानो उमेर र सबैभन्दा धेरै पटक, सबैभन्दा छोटो समयमा, बिना अक्सिजन, एकै सिजनमा धेरै पटक, एकै सातमा तीन पटकसम्म लगायत रर्ेकर्ड कायम भइसकेका छन् । सगरमाथा आरोहणका लागि सन् १९२४ मा जर्जमालोरीले ब्रिटिस आरोहण दलका साथ सगरमाथा आरोहण गर्ने कोसिस गरे पनि सफल हुन भने सकेनन् । सन् १८८५ मा भारतको ज्यामितीय शास्त्रको र्सवेक्षणले सगरमाथाको उचाइ पत्ता लगाएको थियो । सन् १९५३ मे २९ गते का दिन तेन्जिङ नोर्गे शर्ेपा र सर एडमण्ड हिलारीले विश्वको सबैभन्दा अग्लो सगरमाथाको सफल आरोहण गरेका थिए । सोही दिनलाई सरकारले प्रत्येक वर्षसगरमाथा दिवसका रूपमा मनाउने पाँच वर्षगाडि निर्ण्र्ाागरेको थियो । यस वर्षो छैटांै सगरमाथा दिवस पनि गतबुधबार विभिन्न कार्यक्रम गरी मनाइएको छ ।


प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु