बुद्ध जन्मस्थलको प्रचारमा म्यानमारका पत्रकार

२०७० जेष्ठ १९ गते, आईतवार

कपिलवस्तु, १९ जेठ । बुद्ध जन्मस्थलको विश्वव्यापी प्रचारप्रसार गर्न म्यानमारका पत्रकार तिलौराकोट भ्रमणमा आएका छन् । भारतले अलिगढवामा धमाधम कृत्रिम कपिलवस्तु बनाएर बुद्ध भारतमा जन्मेको प्रचार गर्न थालेपछि नेपाल पर्यटन बोर्डको संयोजनमा आएका ती पत्रकारहरुले म्यानमारमा गएर बुद्धको जन्मस्थल नेपालबारे प्रचारप्रसार गर्ने बताएका छन् । नेपालका बुद्धस्थलहरु म्यानमारका जनताको महत्वपूर्ण तीर्थस्थल भएकाले नेपाल आउन उत्प्रेरणा जागेको म्यानमार पत्रकार सङ्घका कार्यकारी सदस्य वुन्नाले बताए ।
म्यानमारका वरिष्ठ पत्रकार श थानको नेतृत्वमा सातजनाको टोली यहाँ आएको हो । टोलीमा म्यानमारका साथै विश्वका केही मुलुकमा प्रशारण क्षेत्र रहेका छापा, टेलिभिजन र फोटो पत्रकारिता क्षेत्रका पत्रकार रहेका छन् । टोलीले भगवान् गौतम बुद्धका पिताको राजप्रासाद तथा बुद्धले २९ वर्षसम्म युवा अवस्था बिताएको ठाउँ तिलौराकोट र भगवान् गौतम बुद्धले बुद्धत्व प्राप्त गरेपछि पहिलोपटक राजधानी आउँदा प्रवचन दिएको निग्रोधाराको अवलोकन गरेका छन् । त्यस्तै उनीहरुले जन्मस्थल लुम्बिनी, गोटिहवा र निग्लिहवाको अशोक स्तम्भ पनि अवलोकन गरेका थिए । बुद्धको जन्मस्थल, नेपाली जनताको मुस्कान र प्राकृतिक मनोरम दृष्यले आफूलाई सधैँ नेपाल आउन उत्प्रेरित गर्ने वरिष्ठ पत्रकार थानले बताए ।
उहाँले धेरै म्यानमारी जनतालाई सिधै नेपाल ल्याउन आफूहरुले पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे । भारतले नक्कली कपिलवस्तु निर्माण गरी जोडतोडले प्रचारप्रसार गरिरहेको अवस्थामा म्यानमारका पत्रकारहरुको यो भ्रमणले त्यसलाई चिर्न केही मद्धत मिल्ने टोलीलाई सहयोग गर्न सँगै आएका गोरखापत्रका पत्रकार तारा आचार्यले बताए । टोलीलाई वरिष्ठ पुरातत्वविद् वसन्त बिडारीले बुद्धस्थलबारे अवगत गराएका थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार