पर्यटक आगमनमा सुधार

२०७० जेष्ठ २१ गते, मंगलवार

काठमाडौं, २१ जेठ। गत महिना को तुलनामा मई महिनामा नेपाल घुम्न आउने पर्यटकको संख्यामा सुधार देखिएको छ । नेपाल पर्यटन बोर्डले जारी गरेको तथ्यांक अनुसार मई महिनामा हवाईमार्गबाट नेपाल आउने पर्यटकको संख्यामा ३.१% ले वृद्धि भएको छ । उक्त महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलहुँदै कुल ४४ हजार १ सय ५६ पर्यटक नेपाल घुम्न आएको अध्यागमन विभागले जानकारी दिएको छ । यस अघि मार्च र अप्रिल महिनामा नेपाल घुम्न आउने पर्यटकको आगमनमा कमी आएको थियो ।दक्षिण एशियाली मुलुकबाहेकका एशियाली देशहरुबाट नेपाल आउने पर्यटकहरु ४८% ले बढेका छन् । एशियाली मुलुकहरुमध्ये सबैभन्दा धेरै छिमेकी राष्ट्र चीनबाट भित्रीएका छन् । चीनबाट नेपाल घुम्न आउने पर्यटकहरुको संख्या ४३.६% वृद्धि भएको छ भने नेपालको नयाँ पर्यटन बजारको रुपमा लिन थालिएको छ । त्यसैगरि जापान, मलेशिया, दक्षिण कोरिया र थाइल्याण्डबाट आउने पर्यटकको संख्यामा पनि वृद्धि भएको छ । तर सिंगापुरबाट नेपाल आउने पर्यटक भने ३% ले कम भएको बोर्डले जनाएको छ ।
त्यसैगरि दक्षिण एशियाली मुलुकहरुबाट आउने पर्यटकपनि घटेका छन् । नेपालको सबैभन्दा नजिकको ठुलो पर्यटन बजार भारतबाट नेपाल आउने पर्यटक पनि घटेका छन् । भारतबाट मई महिनामा आउने पर्यटकको संख्यामा ९.५% ले कमी आएको छ भने पाकिस्तानी पर्यटक २१.२% ले घटेका छन् ।नेपालको अर्को ठुलो बजार युरोपबाट आउने पर्यटकको संख्यामा पनि समग्रमा ३.३% ले कमी आएको छ भने अमेरिका, क्यानाडा, अष्ट्रेलिया र न्यूजिल्याण्डबाट आउने पर्यटक बढेको बोर्डले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार