नयाँ पदमार्गको संभाव्यता अध्ययन हुने
काठमाडौँ । ट्रेकिंग एजेन्जि एशोसिएसन अफ नेपालले खप्तड क्षेत्रमा नया“ पदयात्रा मार्गको सम्भाव्यता अध्ययन गर्ने भएको छ । टानका प्रथम उपाध्यक्ष रणबहादुर खड्काको नेतृत्वमा ७ सदस्यीय टोली जेठ २४ गते पदमार्ग खोजिकै लागि नेपालगन्ज प्रस्थान गर्ने भएको छ । टोलीमा फोटोग्राफर, कार्टग्राफर, टेलिभिजन टोली तथा स्थानीय पत्रकारहरूको समेत सहभागीता रहनेछ । मुगुको ताल्चा विमानस्थलबाट शुरु हुने यात्रा शिरकोड, सुख्खाढिक हँुदै बाजुराको कोल्टी पुग्ने टानले । टोलीले खप्तड राष्ट्रिय निकुञ्जको विभिन्न भाग अवलोकनपछि तमैल, बुढाखोली, बाईसधारा, सुरमासरोबर, धुलीचौर, चैनपुर हुँदै धनगढी पुग्ने टानले जनाएको छ । टोलीले पदमार्गको इन्टिनेररी म्याप अफ डकुमेन्टि्रसमेत तयार गर्ने जनाइएको छ । टानले यसै वर्षहुम्ला र मुगुमा पनि यस्तै खालको सम्भाव्यता अध्ययन गरिसकेको छ । गत वर्षटानले कञ्चनजंघा, तल्लो मनास्लु, गणेश हिमाल र डोल्पामा नया“ पदयात्रा मार्गको पहिचान गरेको थियो ।