व्यावसायिक ‘स्काइ डाइभिङ’ नोभेम्बरदेखि

२०७० असार ८ गते, शनिबार

काठमाडौँ । आगामी नोभेम्बरदेखि पोखरामा स्काइ डाइभिङ’ व्यावसायिक रूपमा सञ्चालनमा आउने भएको छ । सन २०१० मा परीक्षण गरेर रोकिएको ‘स्काइ डाइभिङ’ एभरेस्ट स्काई डाइभिङ प्रालिले सञ्चालन गरनका लागि बुकिङसमेत सुरु गरिसकेको छ । पहिलो चरणमा ४५ जनालाई स्काइ डाइभिङ गराउने गरी बुकिङ खुला गरिएको कम्पनीका संयोजक कृष्ण अर्यालले जानकारी दिए । सन् २००८ देखि सञ्चालनमा आएको कम्पनीले प्रत्येक वर्षसोलुखुम्बुको स्याङबोचेमा स्काइ डाइभिङ सञ्चालन गर्दै आएको छ । कम्पनीले गत वर्षपनि स्याङबोचेमा १८ जना विदेशीलाई स्काइ डाइभिङ गराएको थियो । ‘हामीले सन् २०१० देखिनै पोखरामा स्काई डाइभिङ गराउने भने पनि प्राविधिक कारणले मात्र रोकिएको थियो, अब व्यवसायिक रूपमा सुरु गर्न लागेका छौँ,’ अर्यालले भने । पोखरामा सञ्चालन गर्ने भनेर बुकिङ सुरु गर्ने बित्तिकै बुकिङ सकिएकाले नेपालमा स्काइ डाइभिङको भविष्य राम्रो रहेको उनको बुझाइ छ । स्काई डाइभिङ गराउनका लागि प्रत्येक सामग्री तथा प्राविधिक भाडामा ल्याउनुपर्ने भएकाले वर्षौभरि सञ्चालन गर्न अझै समस्या रहेको अर्यालको भनाइ छ । कम्पनीले नोभेम्बरमा सञ्चालन गर्न डाइभिङ फिस्टेल एयरबाट गराउने तयारी गरेको छ । सन् २०१० देखि लगातार तारा एयरबाट स्काइ डाइभिङ गर्ने भनिए पनि उक्त एयरको समस्याका कारण रोकिएको थियो । डाइभिङ हाल रहेको पोखरा विमानस्थलबाट सुरु भई पोखरा क्षेत्रीय अन्तर्रर्ााय विमानस्थल निर्माणस्थलसम्म सञ्चालन गरिनेछ । कम्पनीले प्याकेज नलिनेहरूको लागि प्रतिव्यक्ति ५ सयदेखि १ हजार डलरसम्ममा बुकिङ भइरहेको जनाएको छ । कम्पनीले यसअघि स्याङबोचेमा २५ हजारदेखि ३५ हजार डलरसम्ममा बुकिङ गर्ने गरेको थियो । नेपालमा स्काइ डाइभिङको लागि सद्भावना रहे पनि प्राविधिकदेखि सामग्रीसम्म भाडामा ल्याउनुपर्ने भएकाले लगानीनै बढी पर्ने गरेको कम्पनीको भनाइ छ । नोभेम्बरमा सञ्चालन गरिने स्काइ डाइभिङका लागि धेरैजसो सामान भाडामा ल्याउने भए पनि प्यारासुटलगायतको सामग्री भने खरिद गर्ने क्रममा रहेको कम्पनीले जानकारी दिएको छ । प्रतिप्यारासुटको १२ लाख रूपैयाँभन्दा बढी पर्छ । कम्पनीले एक दिनमा पाँचजनासम्मलाई स्काइ डाइभिङ गराउने तयारी गरेको छ । स्काइ डाइभिङ गराउन नेपाली प्राविधिकले नसक्ने भएकाले तीनजना प्राविधिक विदेशबाट ल्याउने अर्यालले जानकारी दिए । स्काइ डाइभिङका लागि नेपाली प्राविधिकहरू उत्पादन नभएसम्म वर्षौभरि सञ्चालन गराउन सम्भव नहुने संयोजक अर्यालले जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु