चिडियाखानाको आम्दानी दोब्बर

२०७० असार ९ गते, आईतवार

काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानाको आम्दानी गत चार महिनामा लगभग दोब्बरले नै बढेको छ । गत माघ महिनादेखि सो स्थानमा घुम्न आउने दर्शकको टिकटको मूल्य रु. ५० बाट बढाएर रु. १०० पुर्याएपछि चिडियाखानाको आम्दानीमा वृद्धि भएको हो । विद्यार्थीलाई भने ४० प्रतिशत सहुलीयतको व्यवस्था गरिएको छ । चिडियाखानाकी प्रमुख सरिता ज्ञवालीले गत आर्थिक वर्षा कुल आम्दानी रु. चार करोड रहेकामा चालु आर्थिक वर्षो असार मसान्तसम्म रु. सात करोड आम्दानी हुने अनुमान गरिएको बताइन् । सो चिडियाखानामा दैनिक करिब दुइ हजार पाँच सयदेखि दुइ हजार आठ सयसम्म दर्शक आउने गरेका छन् भने शनिबार करिब पाँच हजार आउँछन् । दर्शकले बुझाउने शुल्क सङ्कलनबाट मासिक करिब रु ८० लाख आम्दानी हुने गरेको उनले बताइन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार