होम स्टेमा पर्यटकको ओइरो
नवलपरासी,१२ असार – नवलपरासीमा थारु समुदायले होम स्टे सुरु गरेको एकै महिनामा आठ सय ४० जना पर्यटक आएका छन् ।जेठ ५ गतेदेखि अग्यौली–५ बाघखोरमा अमलटारी मध्यवर्ती उपभोक्ता समितिले थारु समुदायका २० घरमा होमस्टे शुरु गरेका थियो ।
सुरुको महिनामा नै एकमहिनामा यत्तिका धेरै पर्यटक आएको भन्दै उनीहरु हौसिएका छन् । जसमध्ये २० जना विदेशी रहेका होम स्टेका अध्यक्ष प्रेमशंकर मर्दनिया थारुले जानकारी दिए ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको अमलटारी मध्यवर्ती उपभोक्ता समितिले पर्यापर्यटको प्रबर्द्धनका लागि शुरु गरेको होम स्टे नवलपरासीकै पहिलो हो । सञ्चालनको पहिलो महिनामा तीन लाख रुपैयाँ आम्दानी भएको होम स्टेले जनाएको छ ।होमस्टे भएका घरमा पाहुनाका लागि एट्याच बाथरुम सहितको दुई कोठा निर्माण गरिएको छ । पर्यटकले टायर गाडामा जंगल भ्रमण, थारु र बोटे समुदायको कल्चर डान्स, भिजेज वाक लगाएका बिशेषता होमस्टेमा पाइने अध्यक्ष थारुले बताए ।नारायणी नदीको माछा, सुकाएको फिगंर साइजको माछा, घोगी, चिचर यहाँको स्थानीय थारु संस्कृति भित्रको खाना हो । विहान भिलेज वाक र बे्रक फाष्टपछि टायर गाडामा जंगल भ्रमण हुन्छ ।