जलविहारमा पर्यटकको आकर्षण बढ्दो
दमौली, १ ३ असार- यस वर्ष तनहुँमा ४५ हजार पर्यटकले जलविहार गरेका छन् । २०६९ सालमा ३० हजार आन्तरिक र १५ हजार बाह्य पर्यटकले जलविहार गरेका हुन् । तनहुँमा उपलब्ध पर्यटकीय गन्तव्य एवं आकर्षणहरूको विकास र प्रवद्र्धनका लागि जिविस तनहुँले बनाउन लागेको एकीकृत पर्यटन गुरुयोजनाअनुसार वार्षिक ६५ हजार पर्यटकद्वारा जलविहार गर्ने लक्ष्य लिइएको तनहुँ पर्यटन विकास समितिका अध्यक्ष हरिसिंह गुरुङले बताए ।
जलविहारका लागि कालीगण्डकी (केलादी–देवघाट), मस्र्याङ्दी (पाउँढीढिक–विमलनगर), त्रिशूली (मुग्लिङ–देवघाट), सेती (कोत्रे–घुमाउने¬) र मादी (शिशाघाट–दमौली) मुख्य नदी हुन् । ती नदीमा जलविहार, फिसिङ, कायकिङ, क्याम्पिङ र बोटिङ गर्न सकिन्छ ।
वर्षायाम सकिनासाथ मादी र सेती नदीमा याफ्टिङ गर्ने पर्यटकको संख्यामा वृद्धि हुने पर्यटन व्यवसायी बताउँछन् । मादी सेती नदीमा ¥याफ्टिङका लागि पानीको बहाव राम्रो भएको तथा मनोरम प्राकृतिक दृश्यावलोकन गर्न पाइने भएकाले ¥याफ्टिङ गर्दा आनन्दा हुने पर्यटकहरूले बताएका छन् ।
पर्यटक पथप्रदर्शकका अनुसार दमौलीदेखि चितवनको घुमाउने घाटसम्मको जलयात्रा रोमाञ्चक हुने भएकाले पोखरा घुम्न आउने अधिकांश पर्यटक मादी सेतीमा जलविहार गर्न रुचाउँछन् ।