ठमेलमा सवारी साधन लैजान रोक
काठमाडौं, १६ असार – पर्यटकिय क्षेत्र ठमेललाई शान्त क्षेत्रको रूपमा चिनाउन ठमेल पर्यटन परिषद्ले दिनको केही घन्टा त्यहाँ सवारी साधन लैजान रोक लगाउने योजना अगाडी सरेको छ ।’आनन्दसँग सपिङ गर्दै घुमेको मज्जा लिन पाउन् भन्ने उद्देश्यले आगामी साउनदेखि ठमेलमा दिउँसो १२ देखि ३ बजे र बेलुका ६ देखि ९ बजेसम्मका लागि ठमेल क्षेत्रमा सवारी जान नदिन परिषद्ले त्यहाँका स्थानीयसँग विभिन्न चरणको वार्ता पनि गरिसकेको छ । ‘यसक्रममा झन्डै ८० प्रतिशत व्यवसायी र स्थानीयले यो योजना लागू गर्नका लागि सहमति जनाएको बताइएको छ ।
यसअघि परिषद्ले बिहान ८ देखि बेलुका ८ बजेसम्म ठमेलमा सवारी लान रोक लगाएको थियो । त्यहाँका व्यवसायी तथा घरधनीका लागि दिइने पास बनाउनका लागि ठूलो आर्थिक भार बहन गर्नुपर्ने स्थिति आएपछि त्यो योजना स्थगित गरिएको थियो । छोटो अवधिलाई बाँडेर सवारीमा रोक लगाए पासको समस्या नआउने बताइएको छ ।ठमेलमा सडक चौडा गर्ने ठाउँ नभएकाले पर्यटकलाई सहज हिँडडुल र मनोरञ्जन लिनका लागि यसरी समय छुट्याउनु राम्रो विकल्प भएको स्थानीयको छ । ठमेल स्थानीयका अनुसार महिलाका लागि बेलुका या रातको समयमा आफ्नो सवारी टाढा छोडेर घर पुग्न सजिलो नहुने भएकाले यस्ता समस्याको समाधानसहित आउनुपर्छ ।ठमेललाई साइकल सिटी बनाउन लागेका एक स्थानीयले भने ‘यहाँ स-साना गल्लीहरू धेरै छन् जसलाई वाकिङ वे बनाउन सकिन्छ । उचित सार्वजनिक शौचालयको व्यवस्था नहुँदा यी बाटाहरू दुर्घन्दित भएका छन् ।