टीकापुर उद्यानलाई पर्यटकीय केन्द्र बनाइने
काठमाडौ,१७ असार – नेपाल प्रकृति संरक्षण कोषले कैलालीको टीकापुर उद्यानलाई पर्यटकीय केन्द्र बनाउन पहल थालेको छ ।त्यसका लागि अहिले अध्ययन समिति बनाइएको छ । नगरपालिका क्षेत्रमा भएको नेपालकै सबैभन्दा ठूलो उद्यानलाई सञ्चालन गर्ने र पर्यटकीय क्षेत्रका रुपमा बिकास गर्ने कोषको तयारी छ ।
पार्कको सुधार गर्ने, सञ्चालनमा ल्याउँदा स्थानीयबासिन्दाले रोजगारी पाउने हिसाबले योजना बनाउने र विभिन्न वनस्पति तथा पंक्षीको अवलोकन गर्न मिल्ने गरी अध्ययन गर्न लागिएको समितिका सदस्य डा. हेमसागर बरालले बताए ।उनले अध्ययन टोली केही दिनमा स्थलगत अध्ययनका लागि टिकापुर पुग्ने जानकारी दिए । २०२८ सालमा तत्कालीन राजा महेन्द्रले पार्कमा झण्डै एक महिना बिताएपछि उनकै निर्देशन अनुसार यसलाई व्यवस्थित पार्ने काम शुरु भएको थियो ।वातानुकुलित विरेन्द्र विश्राम गृह र महेन्द्र आरोग्य गृह यो पार्कको सबैभन्दा आकर्षक घर हुन् । काठैकाठले बनाइएको घरमा गर्मी महिनामा चिसो हुने र जाडो महिनामा तातो हुने गर्छ ।