ऐतिहासिक रसुवागढी भत्कियो
रसुवा, असार १७ – केही दिनदेखिको लगातारको वर्षाले नेपाल र चीनको सिमानामा रहेको ऐतिहासिक रसुवागढी भत्किएको छ ।वर्षाका कारण टिमुरे गाविर १ मा रहेको ऐतिहासिक महत्व बोकेको रसुवागढीको ३ मिटर पर्खाल भत्किएको हो ।सरोकारवाला निकायले बेलैमा मर्मत संभार र संरक्षणको काम नगर्दा गढी भत्किएको हो । रसुवागढी अबलोकन गरेर फर्कनुभएका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भत्किएको गढी मर्मत र संरक्षणका लागि पुरातत्व विभागलाई अनुरोध गर्ने बताए ।
ऐतिहासिक रसुवागढी नेपाली सैनिकहरुले आफु सुरक्षित भएर तिब्बती सैनिकलाई आक्रमण गर्न बनाइएको हो । विसं १९१२ मा तत्कालीन राजा रणबहादुर शाहको नायबीमा बहादुर शाहले शासन गर्दा नेपाल–तिब्बत युद्ध हुँदा रसुवागढी निर्माण गरिएको हो ।ठूला ठूला ढुङ्गा कुँदेर बनाइएको गढीमा निशाना लगाउनका लागि ससना ४७ वटा प्वालहरु निर्माण गरिएको थियो । गढी ६० फिट लम्बाइ ६ फिट अग्लो ६ इन्च चौडा रहेको छ ।