बृहत् खुम्बु सरसफाइ अभियान सुरु
सोलुखुम्बु, १९ असार । जनचेतनामूलक बृहत् खुम्बु सरसफाइ अभियान, २०७० हिजोदेखि सुरु भएको छ ।‘हाम्रो फोहोर हाम्रो दायित्व, सफा वातावरण हाम्रो अस्तित्व’ भन्ने मूल नारासहित सगरमाथा प्रदूषण नियन्त्रण समिति नाम्चे र इको हिमाल नेपालको सगरमाथा रक्षा अभियानको संयुक्त आयोजनामा एकहप्ते अभियान सुरु भएको हो ।अभियानमा सीमा प्रशासन कार्यालय, इको हिमाल, सगरमाथा प्रदूषण नियन्त्रण समिति र इको क्लब सञ्जाल समितिका पदाधिकारी, शिक्षक तथा विद्यार्थी गरी ८० जना सहभागी भएका छन् । टोलीको नेतृत्व सगरमाथा प्रदूषण नियन्त्रण समितिका कोषाध्यक्ष पेमा छिरिङ शेर्पाको गरेका छन् ।
पर्यटकीय बजार नाम्चेभन्दा माथिको फोहोर सङ्कलन र जथाभावी फोहोर नफाल्न समुदायलाई आग्रह गर्ने उद्देश्यले अभियान चलाइएको सो समितिका महासचिव लामा कार्जी शेर्पाले बताए । एसपिसिसीले पाँच वर्षदेखि प्रत्येक वर्ष फोहोर सङ्कलन र जनचेतनामूलक कार्यक्रम गर्दै आएको छ ।
टोलीले आइल्याम्पिक बेस क्याम्प, इम्जा पोखरी, सगरमाथा बेसक्याम्प हँुदै पुनः नाम्चे क्षेत्रको फोहोर सङ्कलन, व्यवस्थापन र जनचेतनामूलक कार्यक्रम गर्ने जनाएको छ । टोली असार २४ गते नाम्चे बजारमा आइपुग्ने छ ।