म्याग्दीमा दुई सय ७२ तालतलैया

२०७० असार २८ गते, शुक्रबार

बाबियाचौर , २८ असार । पहाडी जिल्ला म्याग्दीमा २७२ तालतलैया र पोखरीहरू रहेको तथ्याङ्क सार्वजनिक भएको छ ।विसं २०६९ मा जिल्ला विकास समितिले म्याग्दीका तालतलैया र पोखरीहरूको पहिचान, गणना र नक्साङ्कन गरेको थियो । जिल्लामा पहिलोपटक तालतलैया र पोखरीहरूको गणना र नक्साङ्कन गरिएको स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्माले बताए । प्राविधिक टोली परिचालन गरेर गरिएको अध्ययनका क्रममा जिल्लाभर २७२ वटा तालतलैया र पोखरीहरू पहिचान गरिएको स्थानीय विकास अधिकारी शर्माले जानकारी दिए । जिल्लामा १०० को सङ्ख्यामा प्राकृतिक ताल र अन्य मानवनिर्मित पोखरीहरू रहेका छन् ।पानीको स्रोत संरक्षणमा ताल र पोखरीहरूको महत्वपूर्ण भूमिका रहने भएकाले तिनीहरूको पहिचान गरी संरक्षण तथा व्यवस्थापनको योजना बनाइएको जिविसअन्तर्गत सञ्चालित पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाका सल्लाहकार चन्द्रभक्त विष्टले बताए ।
प्राकृतिक सौन्दर्यताका साथै तालतलैया र पोखरीहरूमा पानी सङ्कलन हुने हुँदा जमिनमा पानीको रिचार्ज भई सिँचाइ सुविधा तथा चिस्यान कायम हुने प्राविधिकहरूको भनाइ छ । पानीको स्रोतलाई दिगो बनाइराख्न एक गाउँ एक पोखरी योजना बनाएको जिविसले यस वर्ष जिल्लाका विभिन्न स्थानमा थप ६ वटा पानी पोखरी निर्माण गरेको जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार