पर्यटन बोर्ड नयाँ रणनीति बनाउँदै: निरौला

२०७० श्रावण १ गते, मंगलवार

काठमाडौ, १ साउननेपाल पर्यटन बोर्डले अन्तराष्ट्रिय पर्यटन प्रबर्द्धनको नयाँ रणनीति तयार पार्न सरोकारवालाहरुसँग छलफल शुरु गरेको छ । यहि क्रममा बोर्डले सोमबार चार तारे र पाँच तारे होटलका प्रतिनिधिहरुसँग छलफल गरेको छ । नेपाललाई कसरी सभा-सम्मेलन, प्रदर्शनी तथा भ्रमणका लागि उपर्यूक्त गन्तव्यका रुपमा अगाडी बढाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रीत भएको बोर्डले जनाएको छ ।बोर्डको नयाँ रणनीति बारे प्रकाश पार्दै बोर्डका निमित्त कार्यकारी प्रमुख सुभाष निरौलाले आगामी दिनमा संख्यात्मक हिसावमा सभा-सम्मेलन, प्रदर्शनी तथा प्रोत्साहनका लागि पर्यटकलाई आकषिर्त गर्न सके पर्यटन उद्योगलाई ठूलो टेवा पुग्ने बताए ।होटलका प्रतिनिधिहरुले हवाई भाडा महङ्गो भएको हुँदा सभा-सम्मेलन, प्रदर्शनी तथा प्रोत्साहनका लागि विदेशीहरुलाई नेपाल ल्याउन गाह्रो भएको बताएका छन् । उनीहरुले बोर्डलाई पर्यटक ल्याउन आˆनो तर्फबाट सक्दो सहयोग गर्ने पनि बताए।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार