पर्यटक स्वागतद्वारको निर्माणकार्य अलपत्र

२०७० श्रावण २ गते, बुधबार

सोलुखुम्बु, २ साउन। पर्यटन वर्ष सन् २०११ लाई लक्षित गरी फाप्लु विमानस्थल नजिक बनाउन थालिएको स्वागतद्वार अलपत्र जस्तै बनेको छ ।
विसं २०६८ को चैत मसान्तभित्र निर्माण कार्य सक्ने गरी सोही साल कात्तिक १ गते निर्माणका लागि सम्झौता गरिएको थियो । समयमा काम नभएपछि म्याद थप गरी २०६९ साल असार मसान्तमा निर्माण सक्ने व्यवस्था गरिएको भए पनि अहिले पनि निर्माणकार्य अलपत्र बनेको छ ।
४९ लाख ५४ हजार १ सय ३१ रुपैयाँमा सम्पन्न गर्ने गरी निर्माण सुरु गरिएको सो द्वारका लागि जिविसले २२ लाख रुपैयाँ निकासा गरिसकेको छ । सो द्वारका लागि जिविसले २४ लाख ८० हजार रुपैयाँ विनियोजन गरेको थियो ।कलात्मक र भव्य द्वार बनाएर पर्यटन वर्ष २०११ मा सदरमुकाममा विशेष कार्यक्रम गर्ने भनी जिविससहित सर्वदलीय बैठकले २०६७ साल माघ ७ गते निर्णय गरेको भए पनि गेट बन्न नसक्दा त्यो सपना अझै पूरा हुन सकेको छैन ।
जिल्ला प्राविधिक कार्यालयका प्रमुख मुक्ति भट्टराई उपभोक्ता समितिले ढिलाइ गरेका कारण समयमा काम सम्पन्न नभएको बताउछन् ।काम समयमा सक्नका लागि पटक/पटक पत्र लेखेको भए पनि काम नभएको भट्टराईले बताउनुभयो । द्वार निर्माणका लागि फाप्लुका नुरु लामा अध्यक्ष र उनकै बहिनी ल्हेमी शेर्पा सचिव रहेको सात सदस्यीय निर्माण समिति रहेको छ ।तर अहिलेसम्म २२ लाख रुपैयाँ लगिसक्दा पनि समितिले केही प्रतिशतमात्र काम गरेको प्राविधिकहरूको ठहर छ । निर्माण समितिका अध्यक्ष लामा भने वषर्ात् तथा सामान ढुवानीमा समस्या भएका कारण समयमा द्वार निर्माण नभएको बताउनुहुन्छ ।
फाप्लु पुग्ने जो कोहीले पनि गेट निर्माण कार्यमा भएको ढिलासुस्तीलाई अनियमितताको पराकाष्टा भन्ने गरेका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार