अजिंगरको अस्तित्व संकटमा

२०७० श्रावण ६ गते, आईतवार

काठमाडौँ । वन्यजन्तु ऐन २०२९ द्वारा संरक्षित वन्यजन्तुको सुचीमा सुचिकृत गरिएको अजिंगरको संरक्षणमा सरकारी उदासीनता देखिएको छ । प्राकृतिक वासस्थान विनास हुँदै गएपछि लोपोन्मुख अवस्थामा पुगेका अजिंगरहरुको संरक्षण गर्न सरकारले संरक्षित घस्रिने वन्यजन्तुको सुचिमा सुचिकृत गरे पनि यसको संरक्षणमा कसैले ध्यान दिएको पाइँदैन । चारैतिरबाट अजिंगरको संरक्षणमा उपेक्षा गरिएपछि नेपालमा यसको अस्तित्वसमेत संकटमा पर्नसक्ने संरक्षणकर्मीहरुले चिन्ता गर्न थालेका छन् । प्रकृतिको विषाक्त अवयवहरुलाई सोस्ने क्षमता भएको अजिंगरलाई अन्य वन्यजन्तुको तुलनामा संरक्षणको लागि निकुञ्जले कुनै चेतना दिन नसकेको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रमेश थापाले बताए । गाउँ घरमा अजिंगर भेटिएर गाउँलेले निकुञ्जलाई वुझाए वापत सानो तिनो उपहार दिनुवाहेक अजिंगर संरक्षणको लागि कुनै पनि कदम चाल्न नसकिएको उनले स्वीकारे । यसको दर्ीघकालिन संरक्षणको लागि जनचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने उनको भनाइ छ । अन्यथा यसको अस्तित्व संकटग्रस्त अवस्थामा पुग्ने उनको भनाइ छ । विश्वमा विभिन्न प्रजातिका अजिंगर पाइने भए तापनि नेपाल र भारतमा भने इण्डियन रक पाइथन प्रजातीका अजिंगरहरु पाइने उनले बताए । १८ फिट लम्वाइ र दुइ फिटसम्मको गोलाइको शारीरिक बनोटका अजिंगर विषेशगरी गर्मीको समयमा बढी संख्यामा भेटिने गरेको छ । नेपालमा अजिंगरको यकिन तथ्यांक गणना नभए पनि हजारौँको संख्यामा रहेको अनुमान गर्न सकिने उनको भनाइ छ । विषेश गरी तराइको चितवन, पर्सााबर्दिया, शुक्लालगायतका वन्यजन्तु आरक्षहरुमा अजिंगरको राम्रो वासस्थान रहेको पाइन्छ । नदी तटिय क्षेत्र लगायत सामुदायिक वनहरुमा पनि अजिंगरहरु वस्ने गरेको छ । चिस्यान भएको जमिन तथा पानीमा पाइने मांसाहारी इण्डियन रक पाइथन वच्चामा किरा फट्याङ्ग्रा, चराचुरुङ्गी र ठूलो भइसकेपछि जरायोलगायतका जनावरहरु आहाराका रूपमा खाने गर्दछ । अजिंगरले मानिसलाई नडस्ने र डसे पनि विष नलाग्ने थापाले प्रष्ट पारे । मानिसले शत्रुको रूपमा अजिंगरलाई हेर्ने र टोक्छ भनेर मार्ने प्रवृति संरक्षणको लागि ठूलो चुनौती वनेको छ । निकुञ्ज सेरोफेरो तथा गाउँ घरमा समेत कहिलेकाहीँ भेटिने अजिंगरको छालाबाट सजावटका सामान, वेल्ट, पर्सलगायतका वस्तु निर्माणका लागि पनि चोरी शिकार गर्ने गरेको पाइन्छ । मानिसले समातेपछि आत्तिने र लुसो हुने प्रवृतिको अजिंगर उमेर पुगेर हिँडडुल गर्न नसक्ने भएपछि एकै कुनामा बसिरहने र आफ्नो अगाडि जे आउँछ सासले तानेर आहाराका रूपमा खाने यसको प्रवृति भएको बताउँछन् । यस्तो प्रकृतिको गहनाको रूपमा रहेको अजिंगरको हत्या नगर्न उनले सबैलाई आग्रह पनि गरे । प्रकृतिको मनोरम गन्तव्य तथा जैविक विविधताले भरिपूण् नेपालमा सरकारी उदासीनताले कैयौँ प्राकृतिक वस्तुहरु संकटमा छन् । लोपोन्मुख अवस्थामा भइसकेका वन्यजन्तुहरुलाई संरक्षित सूचिमा राखिसकेपछि तिनीहरुको संरक्षणको लागि केही न केही प्रयासहरु गरिनु पर्छ । नेपालमा यसतर्फकुनै चासो दिएको पाइँदैन । नेपालको जैविक विविधता संरक्षणका लागि विदेशको मुख ताक्नु पर्ने सरकारी प्रवृत्ति छ । समयमै अजिंगरको संरक्षणतर्फकदम चाल्न सके नेपाल अन्तर्रर्ााट्रय विद्यार्थीहरुका लागि अध्ययनको केन्द्र बन्न सक्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार