प्राज्ञ सभा लुम्बिनीमै गर्न माग

२०७० श्रावण ११ गते, शुक्रबार

काठमाडौं, साउन ११ – लुम्बिनी बौद्ध विश्वविद्यालयको चौथो प्राज्ञ सभा लुम्बिनीमै हुनु पर्ने माग भएको छ ।विश्वविद्यालयको मुख्य कार्यालय लुम्बिनीमा राखेर काठमाडौंमा प्राज्ञ सभा गर्नु गलत भन्दै सरोकारवालाले विरोध गरेका हुन् । निर्णयको लुम्बिनीबासी सचेत वर्गले विरोध गरेका हुन् ।लुम्बिनीका नाममा हुने कार्यक्रमहरु लुम्बिनीमै हुनुपर्ने र पाहुनाहरुलाई लुम्बिनीमै ल्याएर अवलोकनसहित कार्यक्रम गर्न सके लुम्बिनीको वास्तविक अवस्था र प्रगति समेत स्पष्ट हुने उनीहरुले तर्क गरेका छन् ।प्राज्ञ सदस्य डा. गितु गिरीले लुम्बिनी विश्वविद्यालयका हरेक कार्यक्रम लुम्बिनीमै राख्नुपर्ने बताए । उनले लुम्बिनी विश्वविद्यालयको भवन निर्माणका क्रममा रहेकाले काठमाडौंमा डाकिएको हुनसक्ने बताउदै त्यसलाई व्यवस्थापन गरेर लुम्बिनीमै सभा राखेको भए उपयुक्त हुने बताए ।
अन्तरर्राष्ट्रिय बौद्ध समाजका संस्थापक भिक्षु मैत्रेयले लुम्बिनी विश्वविद्यालयले आफ्ना कार्यक्रमहरु लुम्बिनीमै गर्नुपर्ने बताए ।‘लुम्बिनी विश्वविद्यालयको केन्द्र लुम्बिनी भएपछि यसका कार्यक्रमहरु पनि लुम्बिनीमै गरिनुपर्छ’, उनले भने ‘लुम्बिनीमा कार्यक्रम गर्दा यसको प्रभावकारिता र महत्व अरु बढ्छ ।’
लुम्बिनी विकास कोषका पूर्व सदस्य सचिव रामलाल श्रेष्ठले विश्वविद्यालयले आफ्ना कार्यक्रम काठमाडौंकेन्द्रित गराउँदा लुम्बिनी विश्वविद्यालयको महत्व बढ्नुको सट्टा घट्दै जाने बताए ।विभिन्न क्षेत्रका विज्ञहरुलाई बोलाउन सजिलो हुन्छ भनेर काठमाडौंमा गरिएको हुनसक्छ’, उनले विकल्प सुझाए ‘विज्ञहरुलाई लुम्बिनीमै ल्याएर लुम्बिनीकै बारेमा छलफल गर्न पाए अरु राम्रो हुन्छ, यसमा विश्वविद्यालयले पुनविचार गर्नुपर्छ ।’विश्वविद्यालयका हालसम्मका प्राज्ञ सभा काठमाडौंमै हुँदै आएका छन् । अहिले हुने प्राज्ञ सभाले विश्वविद्यालयले यही भदौदेखि सञ्चालन गर्न लागेको स्नातकोत्तर तहका विषयमा खास निर्णय लिनसक्ने अनुमान छ ।तर बौद्ध शिक्षा, उपदेश तथा दर्शनलाई अन्तर्राष्ट्रियस्तरमा प्रवद्र्धन गर्ने उद्देश्यले सात वर्षअघि विश्वविद्यालय स्थापना गरिएको भएपनि विश्वविद्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधार र जनशक्ति समेत विश्वविद्यालयसँग छैन ।विश्वविद्यालयको बिहीबारको बैठकले यही साउन २३ गते काठमाडौंमा प्राज्ञ सभा गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार