घडिअर्वँ पोखरीको कान्तबिजोग

२०७० श्रावण १३ गते, आईतवार

वीरगन्ज,१३ साउन । वीरगन्ज नगरको मुख्य पर्यटकीय स्थलको रुपमा चिनिने घडिअर्वा पोखरी परिसर दिन प्रति दिन जीर्ण बन्दै गएको छ ।मुलुककै पहिलो र एक मात्र म्युजिकल फाउन्टेनका कारण चिनिने वीरगंजको घडिअर्वा पोखरी परिसर आठ महिना देखि अन्धकारमय भएको छ । घडिअर्वा पोखरीको मुख्य आकर्षण म्यूजिकल फाउन्टेन आठ महिना देखि चलेको छैन । फाउन्टेनको रंगिन पानी त परै जाओस् पोखरीको पानीमा देखिने बत्तिको छायाले बनाउने आकर्षक दृश्य पनि आगन्तुकले देख्न पाएका छैनन् । बिद्युत महशुल बक्यौता रकम नबुझाएको भन्दै विद्युत प्राधिकरणले पार्कको विद्युत लाइन कात्तिक महिनामै काटे पनि अहिले सम्म पार्कमा विद्युत सेवा सुचारु हुन सकेको छैन । पार्कको नाममा करिब १३ लाख रुपैया बक्यौता रहेको छ ।
लामो समय देखि नचलेकाले म्यूजिकल फाउन्टेनका विद्युतीय सामाग्रीहरु पनि दिन प्रति दिन बिग्रदै गएको अनुमान गरिएको छ । फाउन्टेनको मोटर बिग्रिएर जीर्ण भएको र अन्य उपकरणहरु पनि खिया लाग्न थालेको छ ।

फाउन्टेन लामो समय देखि नचलेपछि पार्क प्रति पर्यटकहरुको आकर्षण पनि दिन प्रति दिन घटदै गएको छ । रौतहट चन्द्रनिगाहापुरकी उमा दाहालले आफू पहिलो पटक यो पोखरी परिसरमा म्युजिकल फाउन्टेनको मज्जा लिन आएको तर पोखरी परिसरनै अध्यारो देखेपनि सारै नरमाइलो लागेको बताइन् । विद्युत नहुदा सँझ पर्ने बित्तिक्कै घडीअर्वा पोखरी पार्कमा अध्यँरोका कारण घुम्न आउने पर्यटकहरुको संख्यामा पनि कमी आएको छ । बत्ती हुदा सधै बेलुकी ८ बजे सम्म पर्यटकका लागि खुल्ला रहने पार्क अहिले भने बत्तीको अभावमा बेलुकी साढे ६ बजे नै बन्द गर्नु पर्ने बाध्यता रहेको पार्कका कर्मचारीहरुले बताएका छन ।त्यस्तै पार्कमा रहेको शौचालय पनि जीर्ण भएको छ । आगन्तुकको सुविधाका लागि निर्माण गरिएको शौचालय अहिले दुर्गन्धित छ र त्यहा पिउने पानीको सुविधा समेत छैन । पार्कका फलाम र सिमेन्टका रेलिङहरु पनि ठँउ ठँउमा भत्किएर जीर्ण भई सकेका छन् ।

वीरगन्ज उपमहानगरपालिका कार्यालयले २०६७ साल माघ १ देखि यो परिसर पोखरी निजि क्षेत्रलाई संचालन गर्न दिएको हो । स्थानीय व्यापारी नरेश टिवडेवालले पाच बर्षका लागि ३६ लाख ४० हजार रुपैयामा ठेक्कामा लिएका छन् । ठेक्का सम्झौता अनुसार, ठेक्का अवधीभर पार्कको भौतिक संरक्षण र मर्मत सम्भार ठेकेदार पक्षलेनै गर्नु पर्नेमा ठेकेदार टिवडेवालले कुनै वास्ता नगरेको घडीअर्वावा स्पोटर्स क्लबका सचिव लखनलाल गुप्ताले गुनासो गरे ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार