अब भक्तपुरमै केदारनाथ

२०७० श्रावण १४ गते, सोमबार

काठमाडौं, १४ साउन, ।आज साउनको सोमबार भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुईंचो थामिनसक्नुको भीड छ । केदारनाथको शिरको रुपमा लिइने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा भक्तजनको घुईंचो बढ्न थालेको हो । भारत उत्तराखण्डमा भीषण बाढीपहिरोका कारण अवरुद्ध हुन पुगेको केदारनाथको नित्य पुजा पनि गत असार २२ गतेदेखि नियमित रुपमा डोलेश्वर महादेव मन्दिरमै हुन थालेपछि यस क्षेत्रको महिमा वढेको हो ।राजा भूपतिन्द्र मल्लले वि.सं. १६२९ मा जिर्णोद्धार गरेको डोलेश्वर महादेवको मन्दिर वाह्रौ तैह्रो शताब्दीतिर निर्माण भएको अनुमान छ । यस मन्दिरलाई २०६६ भदौ ८ गते जगदगुरु भीमाशंकरलिङ्ग शिवाचार्य महास्वामीले केदारनाथको शिरभागको रुपमा प्रमाणित गर्नु भएपछि यस्को महिमा वढेको छ ।
दर्शनार्थीको घुईंचो बढेपछि यस क्षेत्रको विकास र पुननिर्माणमा सरकारले पनि चासो दिएको छ । यसै क्रममा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कृष्णहरि वास्कोटाले त्यस क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । स्थानीयस्तरमा गठित डोलेश्वर संरक्षण तथा विकास समितिका पदाधिकारीहरुसँग छलफल गर्दै उनले यस क्षेत्रको गुरु योजना तर्जुमा गरी पूर्वाधार निर्माण लगायतका कार्य गर्न सरकारले पहल गरिरहेको बताए ।

सचिव वास्कोटाका अनुसार जगातिवाट सुरक्षाका लागि प्रहरी खटाउने व्यवस्था भएको र खानेपानीको कार्यक्रम चालू आर्थिक वर्षमा समावेश गरिने छ । साथै उनले यस क्षेत्रमा रहेका वन संरक्षण गरिने, खुल्ला चिडियाखानाको अवधारणा लागू गरिने, जलाधार संरक्षण गर्ने र नदी तथा पहिरो नियन्त्रणका लागि सर्वे लगायतका काम हुने आश्वासन पनि दिए । भक्तपुरको राजमार्गवाट ४ कि.मी. भित्र सिपाडोलमा रहेको यस क्षेत्रमा डोलिडारवाट निर्माण भैरहेको सडकलाई तिव्रता दिने र सामुदायिक भवन निर्माण गर्ने लगायतको गुरु योजना तर्जुमा गर्न सहरी विकास मन्त्रालयमा प्रधानमन्त्रीको कार्यालयवाट लेखी पठाईसकिएको उनले जनाए ।
केदारनाथको नित्य पुजा डोलेश्वर महादेव मन्दिरमै भैरहेकोले आम नेपाली भक्तजन र पर्यटकले यस क्षेत्रको भ्रमण गर्ने सरकारको विश्वास छ । हाल यस क्षेत्रमा होटल व्यवसाय, पुजा सामाग्री र स्थानीय उत्पादन विक्री गर्ने लगायतका आर्थिक र पर्यटकीय क्रियाकलापलमा वृद्धि हुँदै गएकोमा सचिव बास्कोटाले सन्तोष व्यक्त गरे । समितिका कार्यवाहक अध्यक्ष किरण थापाले डोलेश्वर महादेवको नयाँ मन्दिर निर्माण गर्नु पर्ने, यस्को पुरातात्विक महत्वको थप खोजी गर्नुपर्ने र यस क्षेत्रमा पूर्वाधार निर्माणमा सरकार र अन्य सम्बद्ध पक्षको सहयोग हुनुपर्नेमा जोड दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार