बढ्यो बाघको संख्या

२०७० श्रावण १४ गते, सोमबार

काठमाडौं, १४ साउन – चौथो अन्तर्राष्ट्रिय बाघ दिवसको अवसर पारेर सौराहामा सार्बजनिक गरिएको तथ्याङ्क अनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा १ सय २०, बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ५०, शुक्लाफाँटा बन्यजन्तु आरक्ष र आसपासको क्षेत्रमा १७ पर्सा बन्यजन्तु आरक्ष र आसपासको क्षेत्रमा ७ र बाँके राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ४ गरि नेपालभर बयस्क बाघको संख्या १ सय ९८ पुगेको हो । पछिल्लो गणना अनुसार साना ठुला गरि नेपालमा १ सय ६३ देखि २ सय ३५ वटासम्म बाघको संख्या भएको हुन सक्ने अनुमान गरिएको छ । यसअघि सन् २००९ र २०१० मा गरिएको गणनामा नेपालभर १ सय ५५ को सङख्यामा बयस्क बाघ भएको तथ्याङ्क सार्बजनिक गरिएको थियो ।जस मध्ये चितवन राष्ट्रिय निकुञ्जमा १ सय २५, बर्दिया राष्ट्रिय निकुञ्जमा १८, शुक्लाफाँटा बन्यजन्तु आरक्षमा ४ वटा बाघहरु रहेको यसअघिको गणनाले देखाएको थियो ।
बाघको मुख्यबास स्थान रहेको चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा बाघको संख्या बढ्ने अनुमान गरेपनि यसअघिको तुलनामा पाँच वटा कम बाघको संख्या देखिएको छ । यसअघि १ सय २५ वटा बाघ रहेको चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा १ सय २० को संख्यामा बाघ रहेको देखिएको छ ।
यसैगरी ,बाँके राष्ट्रिय निकुञ्जमा ४ वटा वयस्क बाघहरु पाइएको छ । बाँके राष्ट्रिय निकुञ्जमा बैशाख १६ गतेदेखि करिब डेढ महिनासम्म भएको बाघ गणनाका क्रममा ४ वटा बयस्क बाघहरु फेला परेको बाँके राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए ।
गणनापछि सोमबार पहिलोपटक बाघको संख्या सार्वजनिक गरिएको हो । बाघ संरक्षणको लागि तीन बर्षअघि स्थापित बांके राष्ट्रिय निकुन्जमा पहिलोपटक बाघ गणना भएको हो । निकुञ्जका अनुसार प्रत्येक बर्ग किलोमिटरमा १० वटा बाघका आहाराजन्य प्रजाती फेला परेको निकुञ्जले जनाएको छ ।
यसै क्रममा बाघ गणनाको तथ्याङ्क सार्बजनिक गर्न चितवनमा आयोजित कार्यक्रममा संरक्षण क्षेत्रम योगदान गर्ने बिभिन्न ५२ जना ब्यक्तिलाई सम्मान गरिएको थियो । सञ्चारकर्मीतर्फ उज्यालो सहकर्मी बिद्रोही गिरीसहित रमेश पौडेल, नारायण अधिकारी र शान्त अधिकारीलाई सम्मान गरिएको थियो ।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण बिभागको संयोजकत्वमा बन बिभाग, राष्ट्रिय प्रकृति संरक्षण कोष र डब्लुडब्लुएफको सहभागितामा २०६९ माघ २३ देखि २०७० जेठ २२ सम्म एकसाथ नेपालभर क्यामेरा ट्रयापिङ्ग बिधिबाट बाघको गणना गरिएको थियो । बाघ गणनामा ३ करोड ५० लाख खर्च भएको कार्यक्रममा जानकारी दिइएको थियो । सोमवार सार्वजनिक गरिएको तथ्याङ्क अनुसार यसअघि बाघ नदेखिएको दाङ्ग र कपिलबस्तुमा समेत यस गणनामा बाघ भएको पाइएको छ । बिश्वमा बाघ १३ देशमा बाघ पाईन्छ ।सन २०१० देखि हरेक जुलाई महिनाको २९ तारिखलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउन थालिएको हो ।
सन् २०१० लाई बाघ वर्षका रुपमा मनाउने अभियान अन्तर्गत सन् २०२२ सम्ममा नेपालमा बाघको संख्या दोब्बर बनाउने अभियान थालिएको छ । संख्या बढ्दै गएपनि नेपालमा जंगलको क्षेत्र भने घट्दो क्रममा छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार