पर्यटक आगमनमा सामान्य वृद्धि

२०७० श्रावण २० गते, आईतवार

काठमाडौं, २० साउन । जुलाई महिनामा हवाई मार्ग भएर नेपाल आउने पर्यटकको संख्यामा सामान्य बृद्धि आएको आएको छ । यस वर्षको जुलाई महिनामा जम्मा ३८ हजार ५ सय ६० जना पर्यटक हवाईमार्ग भएर नेपाल आएको त्रिभुवन विमानस्थलस्थित अध्यागमन कार्यालयको तथ्यांक रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ । बोर्डका अनुसार गत वर्षको जुलाई महिनाको तुलनामा यस वर्षको जुलाईमा पर्यटक आगमन जम्मा शून्य दशमलब २८ प्रतिशत अर्थात १ सय ७ ले बढेको हो । गत वर्ष यही अवधिमा ३८ हजार ४ सय ५३ जना पर्यटक हवाई मार्ग भएर नेपाल आएका थिए । नेपालको सबैभन्दा ठूलो बजार भारत एवं दक्षिण एशियाली राष्ट्रबाट आउने पर्यटकको संख्यामा कमी आएको छ ।
जुलाई महिनामा नेपाल आउने भारतीय पर्यटकको संख्या १५ प्रतिशत बढीले घटेको छ भने दक्षिण एशियाली मुलुकका पर्यटकको संख्यामा पनि साढे १४ प्रतिशतले कमी आएको छ । यस अवधिमा १२ हजार ६ सय ३९ जना भारतीय पर्यटक हवाई मार्ग भएर नेपाल आएका छन् । गत वर्षको सोही अवधिमा १५ हजार भारतीय पर्यटक नेपाल आएका थिए । सार्क राष्ट्र मध्ये श्रीलंकाली पर्यटक साढे ६१ प्रतिशतले बढेको छ भने बंगलादेशी पर्यटकको संख्या पनि ३२ प्रतिशतले बढेको छ । दक्षिणी एशियाली मुलुक बाहेकका अरु एसियाली मुलुकका पर्यटकको संख्यामा १४ प्रतिशत बढिको बृद्धि आएको छ भने युरोपियन पर्यटकको संख्यामा पनि साढें ६ प्रतिशतले बढेको बोर्डले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार