पोखरामा मःम मेला हुने

२०७० श्रावण २५ गते, शुक्रबार

काठमाण्डौ,२५ साउन । पर्यटकीय नगरी पोखरामा आउदो असोज ४ र ५ गते पहिलो पटक ‘ मःम मेला २०७०’ हुने भएको छ । ट्रेनर नेपालको आयोजनामा पोखरेलीहरुलाई भिन्न स्वाद दिन पोखरामा उक्त महोत्सव पहिलो पटक आयोजना गर्र्न लागेको विहिबार पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी गराइएको हो ।पोखरा मल परिसर पृथ्वीचोकमा ‘मःम मेला २०७० ‘गरिने ट्रेनर नेपालका अध्यक्ष तथा कार्यक्रम सयोजंक रविन गुरुङ्गले बताए । “१५ थरीका मःम एकै ठाउँमा” भन्ने उद्घोषका साथमा पोखरा मलको सहयोगमा मःम मेलामा सि मःम, ग्रिन, फिस,केराका मःम,आलु, ससेज, कोथे, चिल्ली, पनिर, तिव्वेतियन, पोर्क, चिकेन, मटन, वफ, भेज मःम गरी १५ प्रकारका मःम स्वाद लिन सकिने सयोंजक गुरुङ्गको जनाए ।प्रवेश निःशुल्क रहने मेला अन्य मेला भन्दा धेरै भिन्न प्रकृतिको भएको टे«ेनर नेपालले जनाएको छ । मःम को भिन्न स्वाद चखाउन र पोखरालाई मःम को फरक फरक स्वाद पाईने स्थानको रुपमा पहिचान गराउने उद्धेश्यले पनि उक्त मेलामा सहयोगीको रुपमा पोखरा मल रहेको मलका व्यवस्थापक गोकर्ण क्षेत्रीले बताए ।
मःम व्यावसायको प्रवद्र्धनको लागी पनि मेलाको आयोजना गर्न लागीएको उक्त मेलामा विहिबारदेखि मःम स्टल वुकिङ्ग खुला गरिएको अध्यक्ष गुरुङले बताए । पोखरा मलका व्यवसाय समितिका अध्यक्ष किसन सुनारले मेलामा व्यवसायीहरुको तर्फबाट समेत सक्दो सहयोग गर्ने वचन दिए ।मःम मेलामा २५ वटा स्टल रहने आयोजकले जनाएको छ भने उक्त मेला सम्पन्न गर्न करीब १४ लाख खर्च हुने अध्यक्ष गुरुङले बताए । मेलामा मनोरञ्जनात्मक कार्यक्रममा पोखरेली धुर्मुस र माग्ने वुढाको हाँस्यप्रहसन, कन्सर्ट, लोकदोहोरी,एसओडी समुहको नृत्य लगायतका कार्यक्रम हुने भएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार