चमेरा संरक्षण अभियान सुरु

२०७० श्रावण ३० गते, बुधबार

काठमाडौ , ३० साउन – चमेरा दिनानुदिन लोप हुन थालेकाले कपिलवस्तु नगरपालिका ४, देबानगढीयाको एक हेक्टरलाई संरक्षण क्षेत्र घोषणा गरिएको छ । देबानगढीयास्थित राधादेवी रायमाझीको स्वामित्वमा रहेको पोखरीको डिलमा रहेका १ दर्जन रूखमा ५ सय हाराहारी चमेरा बसेका छन् ।ठूलो संख्यामा चमेरा पाइएकाले संरक्षण क्षेत्र घोषणा गरिएको बरिष्ठ चराविद् डा. हेमसागर बरालले बताए । डब्लूडब्लूएफ नेपालको सहयोगमा संरक्षण क्षेत्रका क्रियाशील हिमाली प्रकृतिद्वारा संरक्षित क्षेत्र घोषणा गरिएको हो । विभिन्न कारणले चमेरा लोप हुदै गएकाले सक्दो छिटो संरक्षण गरिएन भने हराएर जाने डर भएकाले अभियान सुरु गरिएको उनले बताए । उनले सन्ततिलाई पुस्तकमा मात्र नभई प्रत्यक्ष देखाउन पनि अभियान सहयोग सिद्ध हुने बताए ।
राष्ट्रिय निकुञ्ज र वन्यजन्तु आरक्ष बाहेक संरक्षण क्षेत्र घोषणा गरिएको मुलुकमा पहिलो भएको हिमाली प्रकृतिको रिसर्च एसोसिएट सलु अधिकारीले बताइन् । चमेराको विशेष रूपमा मुलुकको पहिलो संरक्षण क्षेत्र भएकाले यसको महत्त्व बढेको उनले बताइन् । देबानगढीया राजचमेराको बासस्थान मात्र नभई प्रजनन गरी ब्रडिङसमेत त्यही गरेर बच्चा हुर्काउने हुँदा निकै महत्त्वपूर्ण भएको उनले बताइन् । नेपालमा पाइने ५३ प्रजातिका चमेरामध्ये यहाँ राजचमेरा रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार