सुनको ढोका प्रदर्शनीमा

२०७० भाद्र ९ गते, आईतवार

काठमाडौ, ९ भदौ । काठमाडौको इटुंबहालमा सुनको ढोका प्रदर्शनीमा राखिएको छ ।चार दिनसम्म प्रदर्शनमा राखिने उक्त ढोकाको ऐतिहासिक महत्व रहेको इटुंबहालका पुजारी रवी शाक्यले जानकारी दिए ।राजाहरुको राज्यभिषेकका अवसरमा उक्त ढोका हनुमानढोका लगिने र राज्याभिषेकअघि त्यस ढोकाबाट छिरेर बाहिर निस्कनुपर्ने प्रचलन रहेको इटुंबहालस्थित केशवचन्द्र आजु द्यः गुठीका गुठीयार सानु शाक्यले जानकारी दिए ।उनका अनुसार श्वेतकाली, पचली भैरव र खोकनाको बाह्रवर्षे सिकाली जात्राका अवसरमा पनि उक्त ढोका प्रयोग गर्ने प्रचलन रहेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार