काठमाडौमा चन्द्रमाको चट्टान प्रदर्शनी

२०७० भाद्र १३ गते, बिहीबार

काठमाडौ,१३ भदौ – काठमाडौमा पहिलोपटक आजदेखि चन्द्रमाको चट्टान प्रदर्शनमा राखिने भएको छ । एभरेष्ट साइन्स सेन्टरले अमेरिकी अन्तरिक्ष संस्था नासाको सहयोगमा राष्ट्रिय सभा गृहमा ३ अर्ब ७५ करोड वर्ष पुरानो चट्टान सहितको विज्ञान प्रदर्शनी गर्न लागेको हो । प्रदर्शनी एक महिनासम्म चल्ने आयोजक संस्थाले जनाएको छ । अन्तरिक्षमा पहिलो पटक पाइला टेक्ने अमेरिकी अन्तरिक्षयात्री निल आर्मस्ट्रङको जन्म र स्मृति दिवसको महिना पारेर चन्द्रमाको चट्टान नेपाल ल्याइएको थियो । नासाबाट ल्याइएको यो चट्टानलाई सुनसरीमा रहेको एभरेष्ट साइन्स सेन्टरमा राखिएको थियो ।चट्टानका बारेमा सबैलाई जानकारी गराउन तथा विज्ञान र प्रविधिका क्षेत्रमा भएका नयाँ आविष्कारका बारेमा जानकारी गराउन काठमाडौमा प्रदर्शनीको आयोजना गरिएको सेन्टरको भनाई छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार