गोरखा संग्रहालय हेर्ने साठी हजार
गोरखा ,१४ भदौ । गत आर्थिक वर्षमा करिब ६० हजार जनाले गोरखा सङ्ग्रहालय अवलोकन गरेका छन् ।सार्क राष्ट्रका ३८, तेस्रो मुलुकका ८ सय ८८, नेपाली २१ हजार ३ सय ३० र विद्यार्थी ३७ हजार ६ सय ४६ गरी ५९ हजार ९ सय ४० जना पर्यटकले गोरखा सङ्ग्रहालय अवलोकन गरेका हुन् । पाँच वर्षअघि सर्वसाधरणका लागि खुला गरिएको गोरखा सङ्ग्रहालय अवलोकन गर्न आउनेको सङ्ख्या बर्सेनि बढ्दै गएको सङ्ग्रहालय प्रमुख करुणा राईले बताए ।पर्यटक बढेसँगै सङ्ग्रहालयको आम्दानीसमेत बढेको छ । विद्यार्थीका लागि पाँच, नेपालीका लागि १०, सार्क राष्ट्रका नागरिकका लागि २० र विदेशी नागरिकका लागि ५० रुपैयाँ प्रवेश शुल्क लाग्ने गरेको छ । सङ्ग्रहालयले गत वर्ष पाँच लाख २६ हजार ९ सय ५५ रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।