पर्यटक आगमनमा ६ प्रतिशत वृद्धि
काठमाडौँ । गत वर्षो अगस्टको तुलनामा यो वर्षो अगस्टमा पर्यटक आगमन सामान्य वृद्धि भएको छ । अध्यागमन विभागले जारी गरेको तथ्यांकअनुसार अगस्टमा हवाई मार्गबाट आउने पर्यटकको संख्या ६.३४ प्रतिशत बढेर ४७ हजार ३ सय ९७ पुगेको छ । दक्षिण एसियाली मुलुकबाट आउने पर्यटकको संख्या १० प्रतिशतले बढेको छ । अन्य मुलुकबाट आउने पर्यटकको संख्या अत्यधिक बढेको भए पनि भारतबाट आउने पर्यटक १.६७ प्रतिशत मात्र बढेका छन् । बाँकी एसियाबाट पर्यटकको आगमन २१.९२ प्रतिशतले बढेको विभागले जनाएको छ । चीनबाट आउने पर्यटक संख्या २१.५ प्रतिशत बढेका छन् । जापान, सिंगापुर र मलेशियाबाट आउनेको संख्या ३५, ५२ र ७४ प्रतिशत बढेको छ । थाइल्याण्डका पर्यटक भने ९ प्रतिशत घटेका छन् । यूरोपबाट पनि १७.३७ प्रतिशतले पर्यटक घटेका छन् । युरोपभित्र बेलायत, जर्मनी र पान्सबाट आउने पर्यटक भने बढेका छन् । अर्कोतर्फअष्ट्रेलिया, क्यानडा र अमेरिकी पर्यटकको संख्या पनि वृद्धि भएको छ । गत महिना नेपालबाट ५९ हजार ३ सय ३५ पर्यटक बाहिरिएका छन् । यो अवधिमा नेपालीहरु ७५ हजार २ सयको संख्यामा बर्हिगमन भएका छन् भने ६२ हजार २ सय नेपाली आगमन भएका छन् ।