मेघौलीमा ‘जंगल लज’
काठमाडौँ । चितवनको पर्यटकीय स्थल मेघौलीमा अत्याधुनिक सुविधा सम्पन्न बाराही जंगल लज सञ्चालनमा आएको छ । प्राकृतिक तथा स्थानिय सामानहरू प्रयोग गरी आधुनिक डिजाइनमा तयार पारिएको लज वातावरणमैत्री रहेको छ । होटल बाराही पोखराले सञ्चालनमा ल्याएको लज २० विगाहा क्षेत्रफलमा फैलिएको छ । चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको बाराही जंगल लजमा २५ करोड रूपैयाँ लगानी गरिएको लजका बजार प्रबन्धक योगेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार लजमा ३४ वटा सुविधा सम्पन्न डिलक्स रुमहरू रहेका छन् भने एउटा सुइट फेमली कोठा पनि रहेको छ । लजले स्वदेशी तथा विदेशी पर्यटकहरूलाई लक्षित गरी ‘वान नाइट टु डेज स्टे’ प्याकेज समेत बनाएको छ ।
विदेशी पर्यटकहरूको जोडीले डिलक्स रुममा वान नाईट टु डेजको प्याकेज लिँदा ३५० अमेरिकी डलर प्लस ट्याक्स तिर्नुपर्ने छ भने सुइट रुम लिँदा १ हजार डलर प्लस ट्याक्स तिर्नुपर्ने छ । त्यस्तै, स्वदेशी पर्यटकहरूको जोडीले डिलक्स रुममा वान नाईट टु डेज प्याकेज लिँदा १५ हजार रूपैयाँ प्लस ट्याक्स र सुइट रुमको प्याकेज लिँदा ४० हजार रूपैयाँ प्लस ट्याक्स तिर्नुपर्ने बजार प्रबन्धक थापाले जानकारी दिनुभयो । माथिका प्याकेज लज उद्घाटनको अवसर पारि ल्याइएको बताउँदै थापाले २०१४ पछि प्याकेज रकममा वृद्धि गरिने जानकारी दिए ।
प्याकेजमा आउने पर्यटकहरूलाई लजले २ घण्टा हात्ती सफारी, डेढ घण्टा डुङ्गा सफारी, जंगल वाक, भिलेज वाक, वाइल्ड लाइफ सम्बन्धी जानकारी, एक घण्टा थारु कल्चर डान्स देखाउने, खाने बस्ने लगायतका सम्पर्ूण्ासुविधाहरू उपलब्ध गराउने जनाएको छ । लजमा ठूलो स्वीमिङ पुल भएका कारण पर्यटकहरूले स्वीमिङको समेत मज्जा लिन सक्नेछन् । जंगल सफारी गर्न चाहाने विदेशीहरू र विदेशमा होली डे मनाउन जाने नेपालीहरूलाई लक्षित गरी लज सञ्चालनमा ल्याइएको बजार प्रबन्धक थापाले बताए ।
लजमा स्पा, डि पुल, स्विमिङ पुल, सेमिनार हल लगाएतका सुविधाहरू रहेका छन् । कोठाहरूमा एसी, केवल टेलिभिजन, आधुनिक प्राइभेट बाथरुम रहेको प्रबन्ध निर्देशक थापाले जानकारी दिए । लजको सबैभन्दा अकर्ष पक्ष कोठाबाटै राप्ति नदि तथा चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गर्नसकिन्छ । चितवनको समग्र पर्यटन निकुञ्जमा अडिएको छ । ‘हामीले पर्यटकहरूलाई हात्ती सफारी, जलयात्रा, पैदल यात्रा, भिलेज टुर गराउनुका साथै स्थानिय संस्कृतीका बारेमा जानकारी दिन्छौँ’ थापाले भने- र्’पर्यटकलाई पारिवारीक वातावरणमा राख्नु नै हाम्रो मुख्य लक्ष्य हुनेछ ।’ बाराही जंगल लज भरतपुर एयरपोर्टबाट करिब ३२ किलोमिटर पश्चिममा पर्दछ ।