पूर्वी पहाडी जिल्लाहरुमा अढाई सय रेड पाण्डा

२०७० आश्विन ६ गते, आईतवार

काठमाण्डौ ,६ असोज । चौथो अन्तराष्ट्रिय रेडपाण्डा दिवसको सन्दर्भमा ताप्लेजुङमा आयोजित एक कार्यक्रममा विश्वमै दुर्लभ मानिएको रेड पाण्डा पूर्वी पहाडी जिल्लाहरु २ सय १८ वटा भएको तथ्यांक सार्वजनिक भएको छ ।मेची अञ्चलका पहाडी जिल्ला ताप्लेजुङ, पाँचथर र ईलाममा पछिल्लो समय रेडपाण्डा बढेर यतिको संख्यामा पुगेको हिमाली संरक्षण मञ्च ताप्लेजुङका रमेश राईले बताउनुभयो । बैज्ञानिक अनुसन्धान अनुसार ताप्लेजुङका ११, इलाममा ५ र पाँचथरका ३ गरी १९ वटा गाउँ विकास समितिमा रेडपाण्डा रहेको पुष्टी भएको हो । तीनवटै जिल्लाको कुल ६ सय ५ वर्ग किलोमिटर भूभागमा रेडपाण्डाको वासस्थान रहेको छ । जसमा सवैभन्दा वढि वासस्थान रहेको ताप्लेजुङ जिल्ला हो ।
तीन जिल्लामा २ सय २४ वर्ग किलोमिटर क्षेत्रमा रेडपाण्डा पाइन्छ । जसमा ताप्लेजुङमा १३४, पाँचथरमा ४३ र इलाममा ४० वटा रहेका छन् । पछिल्लो समय दुर्गम क्षेत्रसम्म यातायात साधन पुग्न थालेपछि वासस्थानको खण्डिकरण, परम्परागत पशुपालन प्रणालीले वासस्थानको विनास, घरपालुवा कुकुरको आक्रमण, आहाराका रुपमा प्रयोग हुने मालिंगो र निगालोको जंगल मासिदै जानु, अवैध व्यापार, अन्य जनावरहरुका लागि थापिने पासो र बन जंगलमा लाग्ने डढेलोका कारण रेढपाण्डा मासिदै गएको यसको संरक्षणमा लागेका संस्थाको भनाई छ । यसैविच रेडपाण्डा तीनको वासस्थान र आहारा संकटमा पर्न थालेपछि रेडपाण्डा नेटवर्कको सन् २०१० देखि प्रत्येक वर्षको सेप्टेम्वर महिनाको तेस्रो शनिवार अन्तराष्ट्रिय रेडपाण्डा दिवस मनाउन सुरु गरेको हो । जस अनुसार ताप्लेजुङ सहित पाँचथर र ईलाममा पनि “हाब्रेलाई हानी प¥याउनेलाई क्षमा हुने छैन“ भन्ने नारा सहित यो दिवश मनाईएको छ ।
अन्य जनावर भन्दा सोझो र लजालु स्वभावको रेडपाण्डा संरक्षणमा जिल्ला वन कार्यालय, कञ्चनजङघा संरक्षण क्षत्र आयोजना, हिमाली संरक्षण मञ्च ताप्लेजुङ, उच्च पहाडी जडिवुटी उत्पादन तथा संरक्षण संस्था इलाम, दीप ज्योति युवा क्लब पाँचथर आदीले रेडपाण्डा नेटवर्क संगको सहकार्यमा समुदायमा आधारित रेडपाण्डा संरक्षणका लागि कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।
जस अन्तर्गत समुदायको प्रत्यक्ष सहभागितामा यसको वासस्थान क्षेत्र भित्र नियमित अनुगमन गर्ने, विद्यालय एवं समुदाय स्तरमा विभिन्न समुहहरु वनाई सचेतनाका कार्यक्रमहरु सञ्चालन गर्ने, रेडपाण्डामा आधारित पर्यापर्यटन प्रवद्धन गर्ने, वासस्थानको उचित व्यवस्थापन गर्ने अनि समुदायको वन माथिको निर्भरता घटाउने जस्ता कार्यक्रमहरु सञ्चालनमा रहेको छ । रेडपाण्डालाई स्थानीय भाषमा हाब्रे भन्ने गरिएको छ । विश्वमा नेपाल, भारत, भुटान, वर्मा र चीन लगायतका देशमा पनि रेडपाण्डा पाइन्छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार