सीमसार क्षेत्र संरक्षण गरिँदै

२०७० आश्विन ९ गते, बुधबार

दाङ, -स्थानीय उपभोक्ताको सक्रियतामा दाङमा सीमसार क्षेत्र संरक्षण अभियान थालिएको छ । पहिलो चरणमा दाङ सामुदायिक वन क्षेत्रमा रहेका १८ वटा सीमसार क्षेत्रको संरक्षण गर्न थालिएको हो ।जलवायु परिवर्तनलाई अनुकूलन गर्न सीमसार संरक्षणमा लागिएको वन समूहहरूले बताएका छन । यसका लागि सहयोगी निकायको ३० लाख बढी र स्थानीयको १० लाख बढी रकम खर्च भइसकेको छ ।जिल्लामा बढी सीमसार रहेको देउखुरी क्षेत्रमा यो अभियानलाई तराई भूपरिधि कार्यक्रम (ताल)को सहभागितामा र स्थानीय सामुदायिक वन उपभोक्ता समितिको क्रियाशीलतामा तथा वन तथा वातावरण समन्वय समिति गडवाको सहजीकरणमा संरक्षण अभियान अगाडि बढाइएको हो । पहिलो चरणमा ३ वटा ठूला सीमसार क्षेत्र र १५ वटा साना सीमसार क्षेत्र संरक्षण गरिएको छ ।तालका कार्यक्रम निर्देशक तिलक ढकालले देउखुरी क्षेत्रका ३ सामुदायिक वनमा रहेका ठूला सीमसार संरक्षण गरेर बहुउपयोगी गराउने तयारी भएको बताए । उनले यसका लागि तराई भूपरिधि कार्यक्रमले आर्थिक सहयोग गरेको जानकारी दिए । “हामीले अहिले एउटा सीमसार क्षेत्र संरक्षणका लागि २५ हजारदेखि ८ लाखसम्म खर्च गरेका छौं,” उनले भने, “यति नै मात्रामा स्थानीय उपभोक्ताको श्रम छ ।”
पहिलो चरणमा देउखुरीका ३ सामुदायिक वनमा रहेका सीमसार क्षेत्रलाई बहुप्रयोजनमा लगाइने गरी ठूलो योजनामा संरक्षण गरेको निर्देशक ढकालले बताए । गंगापरस्पुर गाविसको गंगा सामुदायिक वन, सिसहनियाको कालापानी सामुदायिक वन र सालझन्डी सामुदायिक वनमा रहेको सीमसार क्षेत्र संरक्षण थालिएको छ । अन्य १५ सीमसार क्षेत्रमा साना योजना सञ्चालन गरेको उनले बताए ।सामुदायिक वनमा रहेको तथा संकटमा परेके सीमसार क्षेत्र संरक्षण हुँदा स्थानीयहरूसमेत खुसी छन् । पहिले त्यत्तिकै वगेर खेर जाने पानी संरक्षण गरेर बहुउपयोगी बनाउँदाको फाइदाले स्थानीयले पनि अहिले यो अभियानमा सक्रियता देखाउन थालेको गंगा सामुदायिक वन समूहका अध्यक्ष रामप्रसाद चौधरीले बताए । उनले आफ्नो सामुदायिक वन भित्रका सीमसार क्षेत्र संरक्षण हँुदा वन्य जन्तु बढेको समेत जानकारी दिए ।
सीमसार क्षेत्र संरक्षण भएपछि वनमा भएको अतिक्रमण समेत हटेको र वन संरक्षणमा सहयोग मिलेको जानकारी दिए । उनले अब पोखरीमा पाछापालन गरेर आर्यआर्जनमा जाने र पाइप हालेर खेतसम्म सिँचाइका लागि पानी पु¥याउने तयारी गरेको जानकारी दिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार