पर्यटकको पर्खाइमा ऐतिहासिक सुनगुफा
पाल्पाको दर्लडाँडा गाविस स्थित ऐतिहासिक एवं धार्मिकस्थल सुनगुफा क्षेत्र प्रचारप्रसार अभावमा ओझेलमा परेको स्थानीय बासिन्दाहरूले गुनासो गरेका छन् । कालीगण्डकी किनार रामनदी धाम राम्दी क्षेत्रमा रहेको उक्त गुफाको धार्मिक महत्वबारे उचित प्रसारप्रसार गर्न सके यसलाई देशकै उत्कृष्ट धार्मिक स्थलको रूपमा बिकास गर्न सकिने गुफा क्षेत्र बिकास समितिका सदस्य बिष्णुप्रसाद न्यौपानेले बताए । उनले भने- अहिले पनि दैनिक सयौँ पर्यटकहरू आउँछन् यसबारे अझ प्रचार हुन सके यहाँ आउने पर्यटकहरूको संख्या अझ बट्न सक्छ ।’ प्रायः नेपाली धर्मावलम्बीहरू गुफा क्षेत्रमा दर्शन गर्न र आशीवाद लिन आउने गरेका छन् । त्यस्तै विदेशी पर्यटकहरू समेत यस क्षेत्रमा आएर फोटो खिच्ने र गुफा परिसरमा रहेका पहराहरूसँगै रमाउने गरेको पाइन्छ । समितिका पूवकोषाध्यक्ष पेउनारायण बस्यालले धार्मिक र ऐतिहासिक महत्व बोकेको क्षेत्रबारे प्रचारप्रसार हुन नसक्दा सोचे जति पर्यटकहरू आउन नसकेको बताउनुभयो । उहाँले भन्नुभयो- ‘यसको धार्मिक ऐतिहासिक र पर्यटकीय महत्वबारे प्रचारप्रसारको खाँचो छ ।’ किंवदन्ती अनुसार बि.सं. १८६५ सालमा तानसेन नजिकैको गोर्खकोट भन्ने गाउँमा मावलीमा बस्दै आएका केशव भट्टर्राईले -स्थायी घर र्छेलङ्ग रहेका उनी बावुआमाको मृत्युपछि मावलीमा बस्दै आएका थिए) पाल्पाका राजा मणिमुकुन्द सेनलाई घोडाको बच्चो दिएवापत राजाले राम्दी क्षेत्रको सुनादी भन्ने ठाउँको जग्गा उनलाई दिएछन् । सुनादी गाउँमै भट्टर्राईले पशुपालन गर्ने योजना बनाएपछि राजाले गोठ बनाउन समेत सर्घाई सुनवीर माझी नामक गोठालो राखिदिएछन् । गोठालो भने रातको समयमा नजिकैको बगनास गाउँमा भजन गाउँन जाँदोरहेछ । यो कुरा थाहा पाएपछि केशवले गोठमा निरीक्षण गर्न गएछन् । उनले गाईगोठमा बाघहरूले गाईभैसीलाई पहरा दिएर राखेको देखेछन् । बिहान पख गोठालो फिलिलि गरी उडेर आएछ । त्यसपछि भट्टर्राईले गोठालोलाई गाली गर्दा म सिद्ध हुँ भनी तलतिर गएर त्यही गुफाभित्र पसेछ र त्यही अलप भएछ । पछि गाउँलेहरूले सोही स्थानमा पूजाआजा गर्न थाले । त्यसैको आधारमा सुनसिद्ध अर्थात् सुनगुफा नाम रहेको पाइन्छ । यसै धारणाका आधारमा उत्तर पाल्पाका दलर्मडाँडा, खानीछाँप, पिपलडाँडा, चापपानीलगायतका गाविस र स्याङ्गजाका मालुंगा, कृष्णगण्डकी गाविससहितका स्थानका किसानहरूमा दिउँसोको समयमा दूध दही राख्ने ठेका भाडा छोएमा बिपत्ति आर्इपर्छ भन्ने मान्यता रहेको छ । गुफामा झण्डै १ सय १० वर्षघिदेखि निरन्तर अखण्ड धुनी बोल्दै आएको छ । यही स्थानमा पाल्पा, स्याङ्गजा, गुल्मी, अर्घााँची जिल्लाका किसानहरूले गाई भैसीको दूध ल्याएर चढाउँदै आएका छन् । यसरी दूध ल्याएर चढाउँदा गाईभैसी निरन्तर ब्याउँछ भन्ने जनविश्वास रहिआएको छ ।