ढोरपाटन आरक्षमा शिकार सिजन सुरु

२०७० आश्विन १५ गते, मंगलवार

काठमाडौं, १५ असोज । ढोरपाटन शिकार आरक्षमा यस वर्षको शिकार सिजन सुरु भएको छ । शिकारका लागि विदेशी नागरीकहरु आरक्ष क्षेत्रमा पुग्न थालेका छन् । असोज देखि मंसिर महिनासम्मको सिजनमा शिकारका लागि म्याग्दीको दरवाङ र बागलुङको बुर्तीवाङ हुदै पैदलमार्ग तथा हेलीकप्टर चार्टर गरेर शिकारीहरु ढोरपाटन पुग्न थालेका हुन् ।म्याग्दी, बागलुङ र रुकुम जिल्लामा फैलीएको ढोरपाटनमा शिकार आरक्ष विश्वका धनाढ्यहरुको शिकार सौख पुरा गराउने स्थान हो । बन्यजन्तु बिभागले यसवर्षको पहिलो सिजनमा ढोरपाटनमा १३ नाउर र ६ झारलको शिकारका लागि कोटा निर्धारण गरेपनि ११ नाउर र ४ झारलको शिकारका लागि प्रस्ताव आएको ढोरपाटन शिकार आरक्ष कार्यालयले जनाएको छ ।
यसवर्ष स्पेन, मेक्सीको, अमेरिका र रसियाका दुई÷दुई जना र एक जना डेनमार्कका नागरीकले शिकारका लागि प्रस्ताव गरेका छन् । उता, सुनदह बल्कमा शिकार गर्न बन्यजन्तु बिभागले टेण्डर आव्हान गरेपनि दुर्गम भएकाले प्रस्ताव नपरेको आरक्षले जनाएको छ । शिकारीहरुले यस सिजनमा सेङ, गुस्तुङ, फागुने, बार्से र दोगाडी ब्लकमा शिकार गर्नेछन् । बार्से र फागुने लेकमा शिकार गर्नेले अधिकतम शुल्क तिर्नेपर्ने नियम छ । न्युनतम एक लाख ६५ हजारदेखि अधिकतम ३ लाख २० हजार रुपैया शिकार दररेट निर्धारण गरिएको आरक्ष प्रमुख विश्वबाबु श्रेष्ठले जानकारी दिए। यसअघि एक झारल वा नाउरको शिकार गरेमा प्रत्येक शिकारीले अधिकतम १ लाख ८७ हजारदेखि न्युनतम १ लाख ६० हजार तिर्ने गरेका थिए ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार

४ सय ७६ हिमाल आरोहणका लागि खुला

२०८१ चैत्र २७ गते, बुधबार