बर्दिया राष्ट्रिय निकुन्जमा नयाँ रिसोर्ट

२०७० आश्विन १८ गते, शुक्रबार

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा ५ करोड रुपैयाको लागतमा बर्दिया टाइगर रिसोर्ट प्रालिले ‘बर्दिया टाइगर रिसोर्ट’ को निर्माण गरिरहेको छ । निकुञ्जको छेउमा रहेको ठाकुरद्धारा–५ मा सो रिसोर्टको निर्माण भइरहेको छ । निकुञ्ज अवलोकनमा आउने बाह्य एवम् आन्तरिक पर्यटकका लागि रिसोर्ट सञ्चालन गर्न लागिएको बर्दिया टाइगर रिसोर्ट प्रालिका अध्यक्ष जर्नादन शर्माले बताए ।रिसोर्टका लागि जग्गा खरिद देखि पूर्वाधार निर्माण र सुविधा सम्पन्न बनाउने बेलासम्म ५ करोड रुपैया लागत लाग्ने अनुमान गरिएको उनले बताए । १८ जनाको संयुक्त पहलमा सो रिसोर्ट निर्माण भइरहेको छ । रु ५ करोडको लागतमा बनिरहेको रिसोर्टका लागि १० कट्ठा जग्गा खरिदमा रु ४३ लाख लगानी भइसकेको छ । यसैगरी, भवन तथा कटेज निर्माणमा रु २ करोड ५० लाख लाग्ने अनुमान गरिएको शर्माको भनाई छ ।
रिसोर्ट सञ्चालनको अन्तिम तयारीमा रहेको जनाउदै शर्माले भौतिक पूर्वाधारहरु निर्माणको अन्तिम चरणमा पुगेको बताए । रिसोर्ट यसै महिनामा सञ्चालनमा ल्याउने तयारीका साथ काम गरिरहेको उहाले जानकारी दिए । पर्यटकहरु आउने सिजन समेत शुरु हुन थालेकाले रिसोर्ट सञ्चालनको अन्तिम तयारीमा पुगेको उनको भनाई छ ।
रिसोर्टले पर्यटकहरुका लागि विभिन्न प्याकेज समेत बनाएको छ । खानाको परिकारमा पर्यटकहरुले चाहे अनुसार सेवा दिने बताईएको छ । यसैगरी, निकुन्ज अवलोकनमा आउने पर्यटकहरुका लागि जंगल अवलोकन, क्याम्पिङ्ग र ¥याफ्टीङ्गलाई प्याकेजमा ल्याइएको छ । शर्माले दिएको जानकारी अनुसार सो रिसोर्टले गाइड भौचर, हात्ति सफारी, पैदल जंगल अवलोकन, बा“घ, गैडा अवलोकन र २ देखि ७ दिनसम्म जंगलमा क्याम्पिङ्गको प्याकेज ल्याएको छ । यसैगरी, ¥याफ्टीङ्ग तर्फ कर्णाली–हात्तिसार, कर्णाली– कोठियाघाट र चेपाङ्ग बबई देखि परेवा ओडार बबई सम्म तय गरेर सेवा दिने जनाइएको छ ।
निकुन्जमा हरेक वर्ष पर्यटकको संख्या बढ्दै गएपछि थुप्रै संभावना देखेर रिसोर्ट सञ्चालनमा ल्याउन लागिएको जनाउदै शर्माले भने –पर्यटकको संभावना निकुन्जमा बढ्दै गएको छ । पछिल्लो समयमा भर्खरैको बाघ गणनाले निकुन्जमा बाघको संख्या दोब्बरले वृद्धि भएपछि पर्यटकको संख्या समेत बढेको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार