खड्गभवानीकोटको अस्तित्व संकटमा

२०७० कार्तिक १ गते, शुक्रबार

म्याग्दी । ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको म्याग्दीको ज्यामरुककोट गाउँ विकास समितिमा अवस्थित खड्गभवानी कोट स्थानीय बासिन्दाहरुको बेवास्ताका कारण अस्तव्यस्त बन्दै जान थालेको छ ।१५औं शताब्दीको प्रारम्भसँगै थापाहरुले राज्य गर्न थालेपछि अस्तित्वमा आएको ज्यामरुककोट २१औं शताब्दीको पूर्वाद्धसम्म आइपुग्दा आफ्नो पहिचान र ऐतिहासिक विरासतलाई गुमाउँदै जान थालेको बुद्धिजीविहरुले बताएका छन् । ज्यामरुककोटको खड्गभवानी मन्दिरमा रहेका हातहतियारहरुको उचित संरक्षण हुन नसक्दा खुँडा, खुकुरी, भाला, तरवार , ढाल लगाएतका औजारहरुमा खिया लागेको छ भने कोट परिसर युवायुवतीहरुको क्रिडास्थल र केही टाठाबाठाहरुको व्यक्तिगत सम्पत्ति जस्तै वनेको स्थानीय बासिन्दाहरुले बताएका छन् ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार