पर्यटकीय सिजन सुरु
काठमाडौं, – वर्षा रोकिएर मौसम खुले लगत्तै वसन्तपुर हुँदै कुम्भकर्ण, मकालु र कञ्चनजंघा हिमाल बेस क्याम्पतर्फ जाने विदेशी पर्यटकको संख्या वृद्धि भएको छ । लगातारको वषर्ापछि मौसम खुलेकाले पर्यटक आगमनको संख्या बढेको हो । अघिल्लो वर्षको तुलनामा पर्यटक आगमनको सिजन यस वर्ष ढिलो सुरु भएको हो ।यी हिमाल बेस क्याम्पसम्म पुग्ने मुख्य पदमार्गका रूपमा रहेको वसन्तपुरमा कात्तिक पहिलो सातादेखि नै आन्तरिक तथा बाह्य पर्यटक आउन सुरु गरेका हुन् । मौसम परिवर्तनसँगै यहाँको पर्यटन व्यवसाय पनि फस्टाउँदै गएको छ ।पर्यटक आउन थालेपछि वसन्तपुर माथिका मुढेशनिश्चरे, चौकी, मंगलबारे, गुफा बजार लगायतका होटल तथा लजहरूमा पर्यटकको भीडभाड देखिन थालेको छ । यी बजार क्ष्ाेत्रका ठूला होटलहरू पर्यटकका कारण प्याक छन् । ‘विदेशी पर्यटक आउने क्रम पनि बढेको छ,’ याक होटलका सञ्चालक पेम्बा भोटियाले भने ।कात्तिक लागेयता जर्मनी, नाइजेरिया, नर्वे, बेलायत, अमेरिका, भारत, पोर्चुगल, अस्ट्रेलियालगायत देशबाट पर्यटकहरू आइरहेका छन् । बाहै्र महिना चिसो र ठण्डा मौसम रहने यस क्ष्ाेत्रमा पछिल्लो समय दार्जिलिङ, इलाम, झापा, काठमाडौं, मकवनपुर, चितवन, बुटवल, विराटनगर तथा धरानदेखिका आन्तरिक पर्यटकहरू पनि आउने गर्छन् ।पर्यटक आगमनको यो संख्या देखेर यहाँका पर्यटन व्यवसायी पनि निकै उत्साहित भएका छन् । दुई वर्षयता यो क्षेत्र देशका विभिन्न जिल्लाका विद्यार्थीका लागि शैक्षिक भ्रमण, कृषि तथा पशुपालक किसानका लागि अध्ययन अवलोकन भ्रमण तथा गुराँस तथा जैविक विविधताको अध्ययन अवलोकन गर्नेका लागि गतिलो गन्तव्यका रूपमा विकास भइरहेको छ ।