सुरु भयो कार्तिक नाच

२०७० कार्तिक २३ गते, शनिबार


काठमाडौँ । प्रसिद्ध कार्तिक नाच आजदेखि ललितपुरमा सुरु हुँदैछ । सिद्धि नरसिंह मल्लको पालादेखि नचाइँदै आएको ३७३ वर्षपुरानो साँस्कृतिक कात्तिक नाच मङ्गलबजारस्थित कार्तिक डवलीमा नचाइन्छ । कार्तिक नाच प्रवन्ध समितिका व्यवस्थापक हरिमान श्रेष्ठका अनुसार, मंसिर २ गतेसम्म -१० दिन) देखाइने कार्तिक नाच हर्ेन स्वदेशी तथा विदेशीको घुँइचो लाग्ने गरेको छ । प्रत्येक दिन बेलुकी सात बजे प्रदर्शन गरिने कार्तिक नाचमा नृसिंह अवतार, हिरण्यकश्यपु वध, वराह अवतार, बौद्ध अवतारलगायत धार्मिकग्रन्थका पात्रहरू प्रस्तुत गरिन्छ । कार्तिक नाच प्रवन्ध समितिले जनाएअनुसार, बाःथ प्याखँ, कौलाखिचा, दाजुपिं मियेगु, महामूख युद्धकला, शितज्वर, विष्मज्वर, कृष्ण, महादेव, देवी प्याखँ, द्योला, ख्याः कवं, भैरव, कुमारी, महालक्ष्मी, जलशयण, मधु कैटववध, हिरण्याक्ष वध, वस्त्रहरण लीला प्रस्तुत गरिने छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले हरेक वर्षकार्तिक महिनामा नृसिँह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरेकाले यसलाई कात्तिक नाच भनिएको बताइन्छ । विक्रम सम्वत् १६९७ मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरु तथा ज्योतिषहरूको सल्लाहअनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर सो नाच चलाएका थिए । सुरुमा सो नाच कृष्णलिलामा आधारित भएको बताइन्छ । त्यतिबेला श्री बराह र श्री नरसिंह नाचका साथमा अन्य नाचहरू समावेश गरी प्रत्येक वर्षकात्तिक महिना कात्तिक डबलीमा आठ दिनसम्म सञ्चालन गर्ने गरिन्थ्यो । पछि सिद्धिनरसिंहकै छोरा श्री निवास मल्लको पालामा वि.सं. १७३० मा सात दिन अरु थपेर नैतिक सन्देश दिने खालका लोक नाटकहरू समेत देखाई पन्ध्र दिनसम्म नाच चलाएको इतिहासमा पाइन्छ । त्यसपछि श्री निवासका छोरा योगनरेन्द्र मल्लले उषाहरण तथा माधवनर लगायतका शास्त्रीय नाचसहित पन्ध्र दिन थपी एक महिनासम्म सो नाच सञ्चालन गराएको इतिहासकारहरू बताउँछन् ।
यो क्रम वि.सं. २००६ सालसम्म चल्यो । २००७ सालको जनक्रान्तिका कारण यो नाच एक वर्षसञ्चालन हुन सकेन । त्यसपछि २००८ सालदेखि २०३७ सालसम्म कात्तिक महिनाको दर्ुइ दिन मात्र सो नाच सञ्चालन गरिन्थ्यो । त्यतिबेला श्री बराह नाच र श्री नरसिंह नाच मात्र सञ्चालन गरिएको बताइन्छ । वि.सं. २०३८ सालमा कात्तिक नाच प्रबन्ध समितिको गठन भएपछि प्रत्येक वर्षकात्तिक नाच सञ्चालन हुँदै आएको पाइन्छ । कात्तिक महिनाभरि सञ्चालन गरिने भएकाले नाचको नाम नै कार्तिक नाच रहन गएको बताइन्छ । नेपालको साँस्कृतिक इतिहासमा सबैभन्दा लामो नाट्य महोत्सवका रूपमा यस नाचलाई लिइन्छ । सांस्कृतिको दृष्टिकोणबाट पनि यो नाच महत्वपूण मानिन्छ । यो नाचले ऐतिहासिक मल्लकालको संस्कृति झल्काएको छ । यस नाचले सिद्धिनरसिंह मल्ल, श्री निवास मल्ल र योगनरेन्द्र मल्लका शासनकाललाई पनि सम्झना गराएको छ ।


प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

विचित्र गुफा आकर्षणको केन्द्र

२०८२ बैशाख ८ गते, सोमबार

भैरवी रथ जात्रा सुरु

२०८१ चैत्र ३० गते, शनिबार

बिस्का जात्रा शुरु

२०८१ चैत्र २८ गते, बिहीबार